स्याङ्जा १४ पुस । नेपाली कांग्रेसको अधिवेशनको रौनक सकिएसंगै फेरि नेकपा एमाले जिल्ला अधिवेशनले जिल्लालाई तताएको छ।
जिल्लाको पर्यटकीय तथा ऐतिहासिक स्थललाई समेट्दै अधिवेशनको लोगो र नारा सार्वजनिक गर्दै अधिवेशनका तयारीमा तिव्रत्तर जुटेको प्रचार प्रसार उपसमितिले जनाएको छ।
‘जबजको मार्गदर्शन समाजवादको आधार १ रुपान्तरण र समृद्धिमा एमाले हो मूल धार ११’ भन्ने नारा चयन गरेको छ। लोगोमा सुन्तलाको जिल्लादेखि श्रवणकुमारको दह र मुलुकै सबैभन्दा ठूलो कालीगण्डकी ए लगायतका ऐतिहासिक स्थल स्याङ्जामै पर्छ भनि चित्रण गरिएको छ।
नेकपा एमाले स्याङ्जाको आठौं जिल्ला अधिवेशन यही पुस २३ मा हुने भएको छ। सोही अधिवेशनले जिल्ला नेतृत्व चयन गर्नेछ। अध्यक्ष, उपाध्यक्ष, सचिव, २ उपसचिव सहित १ सय ५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गर्ने जनाइएको छ।
जिल्ला नेतृत्वहरु अधिवेशनलाई सफलतापूर्वक सम्पन्न बनाउन जुटेका छन् । बिभिन्न ७ वटा उपसमिति मार्फत जिम्मेवारी दिईएको छ। प्रतिवेदन लेखन, प्रचार प्रसार, स्वयंसेवक परिचालन, आवास तथा खाजा खाना, मंच ब्यवस्थापन र अतिथि सत्कार उपसमिति बनाइएका हुन।
स्याङ्जा सदरमुकाममा हुने अधिवेशनको उदघाटन भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल बिधिबाट हुने प्रचार प्रसार उपसमितिका संयोजक राजेन्द्र डुम्रेले जानकारी दिनुभयो ।
उहाका अनुसार १७ गते वडा, १८ गते पालिका र १९ गते जिल्ला प्रतिनिधि छनौट गरिने छ।
यहाँका ९७ वडा, ११ पालिकामा संगठित सदस्यका आधारमा प्रतिनिधी छनौट हुनेछ। वडामा (खुलातर्फ) ७५ सदस्य बराबर एक जना, महिलामा ५० बराबर १ जना, उत्पीडितमा ३० जना बरावर एक जना प्रतिनिधिको चयन गरिनेछ। एक पालिका बराबर २ महिला सहित ५ जना प्रतिनिधी हुन पाउनेछन्।
जिल्लाले ३४ जना, २ संघिय निर्वाचन क्षेत्रका ४ मजदूर र अपांग÷अल्पसंख्यकगरी जिल्लाभरबाट १५ जना प्रतिनिधि मनोनित गर्न पाउने प्रावधान अनुरुप करिब ७ सय ३० प्रतिनिधी सहभागी हुने प्रतिनिधी व्यवस्थापन उपसमिति संयोजक सुधीर पौडेलले बताउनुभयो । स्याङ्जामा १३ हजार ६ सय ६५ नेकपा एमालेका संगठित सदस्य छन्।