स्याङ्जा १७ मंसिर । स्याङ्जा क्षेत्र नं २ मा नेपाली काँग्रेसका धनराज गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ ।
आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार पदमा अर्यालभन्दा ५ हजार ६ सय २७ मतले पछि पार्दे विजयी हुनु भएको हो ।
गुरुङले ३१ हजार ४६६ मत प्राप्त गर्दा एमालेकी अर्यालले २५ हजार ८३९ मत पाउनुभएको छ ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ८ हजार ११३ मत पाउनु भएको छ ।
प्रदेश २ मा पनि नेपाली कांग्रेसका महेश भट्टराई विजयी हुनु भएको छ । भट्टराईले १८ हजार ८०८ मत प्राप्त गर्दा उहाका प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार डा. बुद्धिमान श्रेष्ठले १६ हजार ९९९ मत पाउनु भयो ।
उहाहरुबीच १ हजार ८०९ मतको अन्तर रहेको छ।
यसअघि प्रदेश १ मा कांग्रेसकाखभोजराज अर्याल निर्वाचित भैसक्नु भएको छ । उहाले आफना प्रतिस्पर्धी नेकपा एमालेतर्फका उम्मेदवार मोहन रेग्मीलाई २ हजार ७३० मतान्तर सहित बिजयी हुनु भएको हो ।