स्याङ्जा ११ माघ । युवाहरुलाई प्राबिधिक ज्ञान दिने उदेश्यले स्याङ्जाका युवाहरुलाइ रेफ्रीजेरेटर (फ्रिज) बनाउने तालिम दिन थालिएको छ।
घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको समन्वयमा २० दिने रेफ्रिजेरेटर मर्मत तालिम मंगलबारदेखि सुरु भएको हो ।
तलिमको उदघाटन गर्दै पुतलीबजार नगरउपप्रमुख महेश पुरीले यस्ता तालिमले युवाहरुका क्षमता र दक्षता बढ्नुका साथै रोजगारी समेत बढाउने बताउनुभयो । दक्ष प्राबिधिकका अभावमा हाम्रा गाउँघर र बस्ती बस्तीमा यस्ता धेरै समानहरु खेरा फाल्नु परेको उहाको भनाई छ ।
तालिमका सीपलाई उच्चतम प्रयोग गर्दे सीप सिक्दै स्वावलम्बी बन्न उपप्रमुख पुरीले सुझाव दिदै आवश्यकतामा सहयोग गर्ने जनाउनुभयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रकाश रेग्मी, उद्योग वाणिज्य संघ स्याङ्जाका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ, वडा सदस्य कुलानन्द लम्साल, प्रशिक्षक लोकेन्द्रमान सिंह भण्डारी लगायतले सबैका घर घरमा आवश्यक हुने रेफ्रिजेरेटरको मर्मत गर्न सकेमा ठूला रकम खर्च हुनबाट बचाउन सकिने बताउदै प्रशिक्षार्थीले तालिमको सहीसदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला एवं तृतीय उपाध्यक्ष सुनिता पौडेलले स्वागत एवं महासचिव रामचन्द्र नेपालले संचालन गर्नुभएको थियो तालिममा २० जना युवाको सहभागि छन्। लामो समयदेखिको चाहना भएको तालिम लिन पाउदा निकै खुशी लागेको प्रशिक्षार्थी लक्ष्मण प्रधानको भनाई छ।