स्याङ्जा, १६ माघ । स्याङ्जामा कुष्ठरोगका बिरामी १४ जना रहेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ।
अघिल्ला केही बर्षमा ५ जना रोगी देखिएकोमा चालु आर्थिक बर्षमा ९ जना थप भएका कार्यालय प्रमुख बसुन्धरा शर्माले जानकारी दिनुभयो ।
‘शुन्य कुण्ठरोगका लागि हाम्रो प्रतिवद्धता, आत्मसमानका लागि एक्यैवद्धता’ भन्ने नाराका साथ आइतवार विश्व कुष्ठरोग दिवसमा आयोजित अन्र्तक्रिया कार्यक्रममा प्रमुख शर्माले सो जानकारी दिनुभएको हो ।
उपेक्षित रोग अन्र्तगत पर्ने कुष्ठरोग सर्ने र नसर्ने २ प्रकारका हुन्छन्। माइक्रोब्याक्टेरियम भन्न किटाणुवाट मानिसमा सर्छ। यो रोग लागेमा शरिरमा लाटोफुस्रो दाग देखिने, हात खुट्टा झमझमाउने, कानका लोती बाक्ला हुने, चेतना नभएका दाग तथा घाउ हुनु यसका मुख्य लक्ष्यण रहेको क्षयकुष्ठ अधिकृत विष्णु सुवेदी भन्न्नुहुन्छ ।
उनले थपे, ‘यो रोग लागेमा ९५ प्रतिशत लड्न सक्ने क्षमता हुन्छ। त्यसमा पनि चार प्रतिशत निको हुन्छ भने एक प्रतिशतमात्र रोगी हुन्छन्। नेपालमा पनि सुन्य दशमलब ६९ प्रतिशत मात्र कुष्ठरोगी छन्।
दश लाख जनसंख्यामा १ जनाभन्दा कम गर्ने र जन्मेदेखि १४ बर्ष उमेर समूहमा कुष्ठरोग सून्यमा झार्ने सरकारी लक्ष्य हुन्।
२०६६ सालमा कुष्ठरोग निवारण गरे पनि बर्षेनी ३ हजारका संख्यामा नयाँ रोगी देखिदै आएको कार्यालयले जनएको छ।
स्वस्थ्यकर खानपान, आहार बिहार, सरसफाई लगायतमा ध्यान दिदै जनस्तरसम्म सूचना प्रवाहगरी सवैलाई सचेत गराउन पर्ने जिल्ला समन्वय समिति प्रमुख ऋषिराम आचार्यले बताए।
यसैगरी, आइतवारै स्याङ्जामा पहिलो पटक विश्व उपेक्षित रोग दिवस मनाइएको छ।
विश्व स्वास्थ्य संगठनले सूचिकृत गरेका २० प्रकारका उपेक्षित रोग मध्ये नेपालमा डेंगी, कालाजार, हात्तिपाईले, कुष्ठरोग, रेविज, लुतो, जुका, सर्पका टोकाइ, नाम्ले जुका, ट्राकोमा, चिकेन गुनिया लगायतका रोगहरु पर्छन्।
कार्यक्रममा स्वास्थ्य अधिकृत मित्रबन्धु अर्याल, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतले नागरिकस्तरसम्म जनचेतना फैलाउनु पहिलो आवश्यकता रहेकोमा जोड दिनुभयो ।
Thursday, December 11
Trending
- स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
- पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
- राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
- पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
- छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
- भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
- राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
- रणविर जनहित माविमा संस्कार शिक्षा
