स्याङ्जा १० चैत । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सहयोगमा प्रहरीलाई योग, ध्यान प्रणायम सम्बन्धी योगा प्रशिक्षण दिएको छ ।
आमनागरिकका जीउधनको सुरक्षार्थ अरोरात्र खटिइरहने प्रहरीलाई मानसिक एवं शारिरीक स्वस्थ्य राख्ने उदेश्यले यस्ता प्रशिक्षण दिइएको जिल्ला प्रहरी उपरीक्षक शालिकराम शर्माले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी प्रमुख समेत शर्माले भने, ‘जिल्लामा कार्यरत प्रहरीका लागि आफनै प्रांगणमा विहान सबेरै सामुहिक योग, ध्यान, प्रणायम सिकाएका हौं।’ त्यसो त, प्रहरीले नियमितरुपमा अभ्यास तथा ब्यायाम पनि हुनेगर्छन ।
नकारात्मक सोच एवम् तनावको न्यूनीकरण गर्दै शारीरिक तथा मानसिक रुपले स्वस्थ्यरही नागरिकका जीउधनको सुरक्षार्थ खटिएका प्रहरी एवं ट्राफिकलाई योग प्रशिक्षण दिइएको प्रमुख शर्माको भनाई छ ।
योग प्रशिक्षणबाट सुरक्षाकर्मीका विचार, व्यवहार र कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याई ब्यबसायिक कार्य क्षेत्रमा उच्च मनोवलका साथ कार्य कार्य सम्पादन गर्न सक्ने प्रहरी प्रमुख शर्माले अपेक्षा लिइएको बताउनुभयो ।
योग प्रशिक्षणमा प्रहरी प्रमुख शालिग्राम शर्मा लगायत ७५ प्रहरी कार्मचारीक सहभागी थिए । योग प्रशिक्षणमा आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाका प्रमुख डा. रामप्रमोद मण्डलले योगाभ्यास गराउनु भएको थियो ।