स्याङजा, १ मंसिर । आज दशौं राष्ट्रिय कर दिवस। पुतलीबजार नगरपालिका स्थित करदाता सेवा कार्यालय स्याङ्जाले कर सप्ताह कार्यक्रमको उदघाटन गरेको छ।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले कर सप्ताहको उदघाटन गर्नुभएको हो । उदघाटनपछि बोल्दै प्रजिअ पौडेलले समयमै कर तिरेर सम्मानपूर्वक आफना कर्म गर्न सुझाव दिनुभयो । राज्यले सबै नागरिकलाई करका दायरमामा ल्याउने जनाउदै राज्यले उपलब्ध गराएका सेवा सुबिधाको समेत उपयोग गर्न आग्रह गर्नुयभो ।
कार्यक्रममा दिवसमा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, च्याम्बर अफ कमर्शका अध्यक्ष नन्दकुमारी लम्साल लगायतले ब्यवसायी र करका बारेमा जानकारी गराउदै ठूलो संघर्षपछि जिल्लामै स्थापित करदाता कार्यालयबाट सेवा पाउदा ब्यवसायीलाई सहज बनेको बताउनुभयो।
कर अधिकृत कपिलराज नेपालले जिल्लामा बार्षिक ५८ करोड ५० लाख कर संकलनको लक्ष्य लिएको जनाउनुभयो । कात्तिक मसान्तसम्म १३ करोड ३२ लाख संकलन भएको उहाको भनाई छ । जिल्लामा १३ हजार करदाता रहेको बताइएको छ।
यसैगरी, सूर्योदय लघुबित्त बित्तीय संस्था स्याङजाकै उत्कृष्ठ करदाताका रुपमा सम्मानित भएको छ। जिल्लाकै सर्वाधिक आयकर बुझाएका कारण संस्थाले सम्मान पाएको हा े।
संस्थाका अध्यक्ष अनन्तकुमार श्रेष्ठलाई सम्मान गरेको हो । यसअघि पनि संस्थाले बिगत ४ बर्षदेखि उत्कृष्ठ करदाताको सम्मान पाउदै आएको छ । लघुबित्तले आ.व. ०७७÷०७८ मा करिब १ करोड ७४ लाख कर बुझाएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि आन्तरिक राजश्व कार्यालय पोखराले ३ पटक उत्कृष्ठ करदाताका रुपमा सम्मान गरिसकेको छ। जिल्लामा भने पहिलो पटक करदाता कार्यालय स्थापनापछि संस्था सम्मानित भएको हो।
Wednesday, May 21
Trending
- जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
- नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
- अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
- गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
- महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
- बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
- एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
- पाँच दिने बृहत योग शिविर सम्पन्न