Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 23
    Trending
    • राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई
    • आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण
    • पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई
    • शितला माविका विद्यार्थीलाई न्यानो कपडा
    • आँधीखोला गाउँपालिकामा उत्पादित दूध पोखरामा
    • एआई—एक्सरेद्धारा क्षयरोग खोजपड्ताल शिविरमा पुतलीबजारका २०८ जना लाभान्वित
    • पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला बितरण सुरु
    • पर्यटक लोभ्याउदै स्याङ्जाकै अग्लो चिउरीको झोलुंगे पुल
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा खटिए १ सय जना सुपरीवेक्षक
    समाचार

    स्याङ्जामा खटिए १ सय जना सुपरीवेक्षक

    Syangja SandeshBy Syangja SandeshSeptember 19, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ३ असोज । स्याङ्जामा खटिएका १ सय जना सुपरीवेक्षकले जनगणनाका काम सुरु गरेका छन्। दश(दश वर्षमा गरिने गणनालाई महत्वका साथ हेर्दै ‘कोही नछुट्न कोही नदोहोरिउन’ भन्ने उदेश्यसहित काम गर्न सुपरीवेक्षकलाई सुझाव दिइएको जनगणना कार्यालयले जनाएको छ।

    जिल्लाका ४ पालिकामा स्थानीय जनगणना कार्यालय स्थापनागरी गणनामा सहज बनाईएको जिल्ला जनगणना अधिकारी शारदा शर्माले जानकारी दिइन्। पुतलीबजार वालिङ, गल्याङ नगरपालिका र बिरुवा गाउँपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना गरिएका हुन्।

    पुतलीबजारमा स्थापित कार्यालयले पुतलीबजार सहित फेदीखोला, आँधीखोला र अर्जुनचौपारी गाउँपालिकाको जनगणना गर्नुपर्नेछ।

    यसैगरी, वालिङको कार्यालयले वालिङ, चापाकोट, भिरकोट नगरपालिकाको र गल्याङमा स्थापित कार्यालयले गल्याङ र कालीगण्डकी गाउँपालिकाको जनगणना गर्नेगरी जिम्मेवारी तोकिएको छ।

    बिरुवास्थित कार्यालयले भने बिरुवा र हरिनास गाउँपालिकामा गणना गर्नेगरी सुपरीबेक्षक खटाइएका हुन। पाँच नगर र ६ गाउँपालिकालाई समेट्नेगरी उनीहरुकालागि पायक पर्ने स्थान छनौट गरिएका हुन्।

    वालिङमा १८, पुतलीबजारमा १६, गल्याङमा १२, चापाकोटमा ९, भीरकोट नगरपालिकामा ९ जना सुपरीवेक्षक खटिएका छन्। यसैगरी, बिरुवामा ७, फेदीखोलामा ६, अर्जुनचौपारीमा ६, कालीगण्डकीमा ६, आँधीखोला गाउँपालिकामा ६ र हरिनास गाउँपालिकामा ५ जना छन्।

    भदौ ३० गतेदेखि सुरु भएको पहिलो चरणको जनगणनाकालागि सुपरीवेक्षकले असोज १८ सम्म सूचि तयार गर्ने छन्। उनीहरुले घरघरमा पुगेर घरपरिवारको सूची तयार पार्नेछन्। सुपरीवेक्षकलाई आवश्यक तालीम समेत दिइसकेको अधिकारी शर्माले जानकारी दिनुभयो।

    जिल्ला जनगणना अधिकारी शर्माका अनुसार ‘परिवारमा अक्सर वसोवास गरेका सदस्य संख्या, बैंक तथा बित्तिय संस्थामा खाता कति छन्, बैंक तथा बित्तिय संस्थाबाट ऋण लिएका कति छन्, व्यवसायिक तालिम लिएका मान्छे र कृषि सम्बन्धि बिवरण सोधिनेछ र सुचि तयार पारिनेछ।’

    दोश्रो चरणको जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ। त्यतीवेला गणकलाई तोकिएको क्षेत्रमा गएर विस्तृत गणना गर्ने बताईएको छ। कोरोना संक्रमणको जोखिमका बिच गणना कार्य सुरु भएकाले फिल्डमा खटिएका सुपरीक्षकलाई स्वास्थ्य मापदण्ड पुरागरि पठाइएको कार्यालयले जनाएको छ।

    २०६८ को जनगणना अनुसार स्याङ्जाको जनसंख्या २ लाख ८९ हजार १ सय ४८ छ । जसमा पुरुष १ लाख २५ हजार ८ सय ३३ र महिला १ लाख ६३ हजार ३ सय १५ रहेको छ । जिल्लामा ६८ हजार ८ सय ८१ घरधुरी छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025

    पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई

    November 22, 2025

    शितला माविका विद्यार्थीलाई न्यानो कपडा

    November 21, 2025

    आँधीखोला गाउँपालिकामा उत्पादित दूध पोखरामा

    November 21, 2025

    एआई—एक्सरेद्धारा क्षयरोग खोजपड्ताल शिविरमा पुतलीबजारका २०८ जना लाभान्वित

    November 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025

    पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई

    November 22, 2025

    शितला माविका विद्यार्थीलाई न्यानो कपडा

    November 21, 2025

    आँधीखोला गाउँपालिकामा उत्पादित दूध पोखरामा

    November 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025

    पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई

    November 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.