स्याङ्जा १४ बैशाख । स्थानीय निर्वाचनका लागि स्याङ्जाका ११ पालिका मध्ये ६ गाउँपालिकामा २ जना महिला सहित २९ जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। ती मध्ये यहाँ नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
कांग्रेसले अर्जुनचौपारी बाहेक अन्य ५ वटा पालिकामा उपाध्यक्ष दिनेगरी गठबन्धन गरेको छ। फेदिखोला, आँधीखोला, कालीगण्डकी, हरिनास र विरुवामा गठबन्धन भै उम्मेदवारी दर्ता गराएका छन्। जिल्लामा नेकपा एकिकृत समाजवादी, माओवादी, जनमुक्तिबीच स्थानीय आवश्यकता अनुरुप गठबन्धन भएको हो।
नेपाली कांग्रेसका तर्फवाट कालीगण्डकी गाउँपालिकामा माया राना र नेकपा एमालेका खिम थापा चुनावी प्रतिस्पर्धामा छन्। बिद्यार्थीकालदेखि राजनीतिमा सक्रिया राना महाधिवेशन प्रतिनिधी हुनुहुन्छ भने थापा यसअघि पनि पालिकाका अध्यक्ष हो ।
अर्जुनचौपारी गाउँपालिकामा नेपाली कांग्रेसका प्रकाश तिवारी र नेकपा एमालेका चिनुमाया गुरुङ्ले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। तिवारी नेपाली कांग्रेस प्रदेश (क) का सभापति हुनुहुन्छ भने गुरुङ् यसअघि पालिका उपाध्यक्ष हो ।
आँधीखोला गाउँपालिकामा नेपाली कांग्रेसमा प्रेमराज पौडेल र नेकपा एमालेका विश्व पौडेल बिच प्रतिस्पर्धा हुने भएको छ। कांग्रेस महाधिवेशन प्रतिनिधी एवं नेपाल बिद्यार्थी संघको केन्द्रिय उपाध्यक्ष र विश्व एमाले जिल्ला सहसचिव हुनुहुन्छ ।
फेदिखोला गाउँपालिकामा नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराल र नेकपा एमालेका घनश्याम सुवेदीबीच प्रतिस्पर्धा हो। बराल एक महिनाअघि एमाले परित्याग गरी कांग्रेसको सदस्यता लिएका थिए। एमाले बसेर ३ दशकभन्दा बढी क्रियाशिल थिए। उहा कांग्रेसको जिल्ला सदस्य हुन भने सुवेदी यसअघि पनि सोही पालिका अध्यक्ष हुनुहुन्थ्यो ।
हरिनास गाउँपालिकामा नेपाली कांग्रेसका टोपबहादुर भुजेल र नेकपा एमालेका खिमनारायण मानन्धर चुनावी प्रतिस्पर्धामा छन्। भुजेल क्षेत्रीय प्रतिनिधी हुनुहुन्छ भने मानन्धर यसअघि पनि सोही पालिका अध्यक्ष हुनुहुन्थ्यो ।
नेपाली कांग्रेसका डोलराज पोख्रेल र नेकपा एमालेका सूर्य कुँवरबीच बिरुवा गाउँपालिकामा मुख्य प्रतिस्पर्धा हुने भएको छ। पोख्रेल विरुवा गाउँपालिका कांग्रेस सभापति हुन भने कुँवर शिक्षण पेशाबाट निबृत्त हो ।
Sunday, December 21
Trending
- प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
- संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
- आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
- स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
- रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
- रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
