स्याङ्जा, १३ साउन । निषेधाज्ञाका समयमा भौतिकरुपमा पठनपाठन गराउने स्याङजाका ८ बिद्यालयका प्रधानाध्यापकलाई प्रहरीले सम्झाई पठाएको छ।
पुतलीबजार, भीरकोट र चापाकोट नगरपालिकाका ७ वटा सामुदायिक र एउटा संस्थागत बिद्यालयका प्रधानाध्यापकलाई प्रहरी कार्यालयमै उपस्थित गराई पुनः यस्ता कार्य नदोहो¥याउन सुझाव दिदै सचेत गराएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
कार्यालयका प्रवक्ता समेत रहेका अधिकारीले भने ‘प्रशासनको आदेश बेगर विद्यालय संचालन नगर्ने शर्तमा घर पठाएका छौं।’
निषेधाज्ञा अवधीमा भौतिक रुपमा विद्यालय संचालनगरी पठनपाठन गरेको भन्ने खबरका आधारमा प्रहरीले उनीहरुलाई कार्यालयमा बोलाएर कोरोना भाइरस संक्रमणलाई सामान्य अवस्थामा नलिनका लागि सुझाव दिएको हो।
कोरोना संक्रमण नियन्त्रण गर्ने उदेश्यले जिल्ला प्रशासन कार्यालयले जिल्लाभर लागुहुनेगरी निषेधाज्ञा गरेको छ। बैशाख २१ गतेदेखीको जारी निषेधाज्ञामा भौतिकरुपमा उपस्थित नगराई अनलाइन मार्फत कक्षा सुचारु गर्न बिद्यालय, क्याम्पस र शैक्षिक संस्थालाई स्याङजा प्रशासनको आदेश छ।
बिद्यालयमा कक्षा संचालनको सुचनापाएपछि पुगेको प्रहरीले ती बिद्यालयमा भौतिक उपस्थितीमा अध्यापन गराएको थाहापाएपछि सम्बन्धित बिद्यालयका प्रधानाध्यापकलाई प्रहरी कार्यालयमा बोलाइएको हो।
पहिलो पटक उहाहरुलाई सम्झाएर छाडिएको जनाउदै फेरि पनि विद्यालय संचालन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ तथा कोभिड १९ संकट ब्यवस्थापन अध्यादेश बमोजिम कारवाही गरिने प्रवक्ता अधिकारीले जनाउनुभयो ।
स्याङजामा संक्रमण दर बढेको छ। यहाँ कोरोना भाइरस डेल्टाबाट समेत संक्रमण पुष्टि भएको छ। दोश्रो लहरको संक्रमण देखिएसंगै जिल्लामा अहिलेसम्म ५ हजार ४५ जनामा संक्रमण पुष्टि भएको छ। ती मध्ये ४ हजार ६ सय ३१ जना निको भएर घर फर्केका छन् भने १ सय २५ जनाको मृत्यु भएको स्वास्थ्य प्रादेशिक कार्यालय पोखराले जनाएको छ।
प्रादेशिक कार्यालय आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार २ सय ८९ जना सक्रिय संक्रमित छन्।
Tuesday, November 18
Trending
- नवज्योति कृषि सहकारीको अध्यक्षमा के.सी.
- स्याङ्जामा ७ वर्षमा १५ सडक पुल बन्योएकै वर्षमा ७ पुल बन्दा, चार वटा पुल अन्तिम चरणमा
- कठिन समयमा अधिकारकर्मीका भूमिका महत्वपूर्ण हुने —लम्साल
- फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा
- उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत
- एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ
- राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई
- कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना
