स्याङजा १ साउन । स्याङजामा सात दिनका लागि निषेधाज्ञा थप गरिएको छ । थप निषेधाज्ञा खुकुलो बनाइएको छ ।यसअघि जारी असार मसान्तसम्मको निषेधाज्ञा साउन ७ सम्म थपिएको हो ।
सरकारी कार्यालय, बैंक, संस्थानहरू नियमित खुला रहनेछन् । त्यस्तै स्थानीयस्तरमा सबै खाले सवारी साधनहरू चल्न पाउनेछन् भने जिल्ला बाहिर जानेले प्रशासनबाट अनुमति दिनु पर्ने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।
विवाह, ब्रतबन्धलगायत अन्य संस्कारका लागि १५ जनासम्म जम्मा हुन पाइने भएको छ । तर, स्वास्थ्य र सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्ने छ । खाजाघर र चिया पसलबाहेक होटेल एवम् रेस्टुरेन्टबाट सेवाग्राहीले तयारी खाजा लिएर जान पाउने भएका छन् ।
सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, पार्टी प्यालेस, मनोरञ्जन स्थल, स्विमिङ पुल, जिमखाना, समूहमा खेल्ने खेलकुद, कबर्डहल, पुस्तकालय, संग्रहालयक, शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, टुयु्सन सेन्टरलगायत भने बन्द नै रहनेछन् । त्यस्तै खुला स्थानमा मानिसहरू भेला हुन, भिडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोज, भतेर गर्न, धार्मिक, सांस्कृतिक गतिविधिहरूमाथि भने रोक लगाइएको छ ।
Friday, December 19
Trending
- प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
- संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
- आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
- स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
- रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
- रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
