Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, November 17
    Trending
    • फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा
    • उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत
    • एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ
    • राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई
    • कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना
    • गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न
    • सरकारले फागुन २१ मा चुनाव गर्न सक्दैन — सचिव अर्याल
    • हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङजामा भदौ १० सम्म निषेधाज्ञा लम्ब्याईयो
    समाचार

    स्याङजामा भदौ १० सम्म निषेधाज्ञा लम्ब्याईयो

    Syangja SandeshBy Syangja SandeshAugust 16, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ३२ साउन । स्याङ्जामा १० दिने निषेधाज्ञा थप गरिएको छ। सोमबार (आज) को मध्यरातबाटै सकिदै गरेको निषेधाज्ञाको समायाबधी लम्ब्याउदै भदौ १० गतेसम्म पुरयाइएको हो।
    यसअघि जारी निषेधाज्ञा झैं यसपटक पनि २५ जनाभन्दा बढीको भेला र शैक्षिक संस्था संञ्चालन नगर्न सुचित गराउदै निषेधाज्ञा थप भएको छ। औषधी वाहेकका अन्य पसल भने बिहानदेखि साँझसम्म खोल्न पाईने उल्लेख छ।
    देशभरी नै कोरोना संक्रमण दर बढिरहेको जनाउदै निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जानकारी दिनुभयो । यसअघि थपिएको निषेधाज्ञा आजैरातीबाट सकिदै छ।
    साउन ३२ गते बसेको बैठकको निर्णय ससेतका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३०ले दिएको अधिकार प्रयोग गरी साउन ३२ गते मध्यरातदेखि भदौ १० गतेको मध्यरातसम्म जिल्लाभर निषेधाज्ञाको आदेश जारी भएको छ।
    निषेधाज्ञाको अवधिमा प्रशासनले तोकेका बाहेकका अन्य कार्यहरु गर्न पाइनेछैन। अत्यावश्यक कार्यहरु स्वास्थ्य संस्थाका साथै औषधी पसलहरु चौवीसै घण्टा सञ्चालन हुनेछ। अत्यावश्क बाहेकका काममा बाहिर ननिस्किन प्रशासनको आग्रह छ ।
    निषेधाज्ञाको पालना गर्न गराउन सम्पुर्ण व्यक्ति, संघसंस्था, पेशाकर्मी, व्यवसायी तथा आम नागरिकको कर्तव्य रहेको भन्दै निषेधाज्ञाको पालना नगरे संक्राम रोग ऐन अनुसार कारबाही हुने समेत विज्ञप्ति मार्फत जनाईएको छ । निषेधाज्ञाका समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै निस्कनै परेमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नु आग्रह गर्दैै, सभा, समारोह, गोष्ठी, सेमिनार, नाँचघर, सिनेमा, होटल पार्टी प्यालेस, व्यूटिपार्लर, जिमखानालगायत मानिस भिड हुने स्थानहरु सञ्चालन हुने छैन् । होटल तथा पार्टी प्यालेसमा भने टेक अवे मात्रै सञ्चालन हुनेछ ।
    अन्य पसलहरु विहान ५ देखि बेलुका ७ बजेसम्म खुल्नेछ। विवाह प्रतबन्ध जस्ता सामाजिक संस्कारका कार्यहरु गर्दा घरपरिवारको व्यक्तिहरु सहभागि हुने, विवाहमा दुबै पक्षकागरी २५ जना सहभागि हुने, मठ मन्दिर तथा धार्मिक स्थलहरुमा नित्य पुजा बाहेक अन्य सामाजिक, सांस्कृति धार्मिक गतिविधिहरु सञ्चालन नगर्ने, विद्यालयमा वैकल्पिक शिक्षण सिकाई गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ।
    पछिल्लो समय बालबालिकामा समते कोडिभको संक्रमण देखिएकाले अनलाईनबाट शिक्षण गराउन भनिएको छ । क्याम्पस, विद्यालय तथा सबै खालका शैक्षिक संस्थाहरुमा अनलाईनबाट शिक्षण गराउन आग्रह गरिएको छ।
    स्याङजामा बैशाख २१ गतेदेखि जिल्लाभर लागु हुनेगरी निषेधाज्ञा छ। पटक पटक थप गर्दै लम्ब्याईएको हो। चापाकोट र गल्याङ नगरपालिकाले पनि कोरोना संक्रमण तीव्र भएको भन्दै आ आफना पालिकामा बन्दको घोषणा गरेका थिए।


    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा

    November 16, 2025

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    November 16, 2025

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025

    राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई

    November 15, 2025

    कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना

    November 15, 2025

    गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न

    November 15, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा

    November 16, 2025

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    November 16, 2025

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025

    राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई

    November 15, 2025

    कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना

    November 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा

    November 16, 2025

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    November 16, 2025

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.