स्याङजा, १५ असार । जिल्ला प्रशासन कार्यालय स्याङजाले असार २५ गतेसम्म जिल्लाभर निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्धारा हिजो सूचना जारी गर्दै फेरि १० दिन निषेधाज्ञा थप गर्ने निर्णय भएको हो ।
कोरोना संक्रमितको चेन बे्रक नभएको भन्दैजिल्ला सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारीे गर्नेे निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।
जिल्लामा निषेधाज्ञाका समयमा औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरीद गर्न बाहेक अनावश्यक हिँडडुल गर्न नगर्न सुझाव दिइएको छ । अत्यावश्यक खाद्यान्न लगायतका पसलहरु पसलहरु बिहान ५ देखि साझ ६ बजेसम्म स्वास्थ्य मापदण्ड पुरागरी खोल्न पाईने भएको छ । तर, सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, नाचघर, क्लव, फुटसल, जिमखाना, ब्यूटी पार्लर, सैलुन, फुटपाथ पसललाई भाने खोल्न रोक लगाइएको छ ।
यसैगरी निजी तथा सार्वजनिक सवारी साधनहरु जोर विजोरको गतेका आधारमा ५० प्रतिशत यात्रु बोकेर सञ्चालन गर्न सकिने भएको छ । मठ, मन्दिर तथा बिभिन्न धार्मिक कार्य वा विहेवारीमा १५ जना भन्दा बढी सहभागी हुन पाइने छैन। सहभागीले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य प्रयोग गर्नुपर्नेछ ।
सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुरुप जिल्लाभर असार २५ गते रातिसम्म निषेधाज्ञा जारी भएको हो । आदेश उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गर्ने समेत जनाइएको छ।
Monday, November 17
Trending
- फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा
- उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत
- एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ
- राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई
- कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना
- गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न
- सरकारले फागुन २१ मा चुनाव गर्न सक्दैन — सचिव अर्याल
- हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम
