Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 22
    Trending
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङजाका बाढीपहिरा पिडितलाई लायन्सको राहत सहयोग
    बिरुवा गाउँपालिका

    स्याङजाका बाढीपहिरा पिडितलाई लायन्सको राहत सहयोग

    बाढीपहिरोका कारण स्याङ्जामा ज्यान गुमाएका तथा घरबार बिहीन परिवारलाई लायन्सले जिन्सी तथा नगदले सहयोग गरेको छ ।
    Syangja SandeshBy Syangja SandeshJuly 13, 2024Updated:July 13, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ असार । बाढीपहिरोका कारण स्याङ्जामा ज्यान गुमाएका तथा घरबार बिहीन परिवारलाई लायन्सले जिन्सी तथा नगदले सहयोग गरेको छ ।

    विरुवा गाउँपालिका ६ स्याङ्दीमा गएको पहिरोमापरि ज्यान गुमाएका २ परिवारका सदस्य सहित घरबिहीन ७ परिवारलाई लायन्सले नगद तथा जिन्सी सामाग्री सहयोग गरेका छन् ।

    हरिदेवी मरासिनी, माधव मरासीनी र गुन्ज्येश्वरी मरासिनीको पहिराले पुरिएको मृत्यु भएको थियो भने अन्य ५ जना घाईते भएका थिए । पहिरोमापरि २ घर पुरिएको छ भने ५ घरपरिवार विस्थापित भएका छन् ।

    हरिदेवी र माधव पतीपत्नी हुन। गुन्ज्येशवरी १४ बर्षिय नाती सहित बस्दै आएकी थिईन। नाति बाहिर खेल्न गएका बेला पहिराले पुरेको थियो ।

    मृतक २ परिवारका अन्य सदस्यलाई जनही १०÷१० हजार सहित भाडाँकुडा ( खाना पकाउने कुकरदेखि खानाखानेसम्मका एकजोर सेट), घर छाउने टिन जस्तापाता, त्रिपाल, चामलका बोरा, दाल, नुन, तेल लगायतका खाद्य सामाग्री सहित लायन्स डिष्ट्रिक सेकेण्ड भाइस डिस्ट्रीक्ट गभर्नर धनिराम बराल, चिफ एडभाइजर किशोर बराल, पब्लिक रिलेशन अफिसर चिफ डोलराज पोखरेल, डिजास्टर चिफ प्रेम जिसी, डिपार्टमेन्ट हेड श्री गुरुङ, सेन्टल टाउन अध्यक्ष प्रेम केसी लगायतको सहभागितामा ति सामाग्री प्रदान गरिएका हुन ।
    लायन्स अन्तरास्ट्रीय डिष्ट्रिक ३२५ एम नेपालबाट सहयोग प्राप्त भएको १० हजार डलरले बाढीपहिरो पिडित परिवारलाई राहत सामाग्री उपलब्ध गराइएको पिआरओ चिफ पोखरेलले जानकारी दिनुभयो ।

    उहाका अनुसार, ‘स्याङ्जाका भीरकोट, वालिङ, गल्याङ, पुतलीबजार नगरपालिका सहित अर्जुनचौपारी गाउँपालिकामा पनि त्यहाँका स्थानीय लायन्स क्लवहरुसंग समन्वय गर्दै राहत सहित नगद सहयोग गरिएको छ । आँधीखोला, फेदिखोला र हरिनास गाउँपालिकामा पनि पुग्ने तयारीमा छौं ।’

    लायन्सले बाढी पहिराका कारण मृत्यु भएका ब्यक्तिका परिवार र घर विस्थापित भएका परिवारलाई पहिलो प्राथमिकतामा राखी राहत उपलब्ध गराएको जनाएका छन् । स्याङ्जामा अहिलेसम्म ६२ परिवारलाई राहत दिइसकेको र अब ८ परिवारलाई दिईने योजनामा रहेको पिआरओ चिफ पोखरेलले भन्नुभयो ।

    राहत सामाग्री सहित चिन्नेवासमा पुगेको टोलीले काजकिरियामा बसेका आफन्तजनलाई घाईते तथा विस्थापित परिवारसंग भेटवार्ता सहित समवेदना र सहानुभूति ब्यक्त गरेको छ ।

    स्याङदी खोला र माथिबाट पहिरो झरेपछि उद्दारगरि माधव, हरि र गुञ्जेश्वरी शर्मालाई लामा खेत स्थितईश्वरी शर्मा को घरमा राखिएको थियो ।

    सोही घरमा पनि माथिबाट पहिरो झरेपछि उनीहरु तीनै जनाको त्यही पुरिएर मृत्यु भएको थियो भने इश्वरी शर्माका छोरा बुहारी लगायत अन्य ५ जना घाईते भएका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.