काठमाण्डौं २४ माघ । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने भएको छ ।
आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को बैठकले आगामी बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको उहाले जानकारी दिनुभएको हो । निर्वाचन आयोगले केही समयअघि दिएको परामर्श अनुसार जेठ ४ गते निर्वाचनको मिति तोक्न सुझाव दिएको थियो ।