स्याङ्जा, ९ माघ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले भोली (सोमबार) देखि नियमित दैनिक सेवा प्रवाहलाई स्थगित गरेको छ।
कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अन्य केहीमा पनि संक्रमणसंग मिल्दाजुल्दा लक्ष्यण देखिएकाले कार्यालयबाट प्रदान गरिदै आएका सेवा प्रवाह केही दिनका लागि स्थागित गरेको जनाईएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माद्धारा आइतवार जारी विज्ञप्तिमा, ‘कोभिड संक्रमण बढिरहेका बेला प्रशासनका विभिन्न फाँटका कर्मचारीहरुमा कोभिड संक्रमण पुष्टी भएको र केहिको रिर्पोट आउन बाँकी रहेकाले सोमबारदेखि अर्को सूचना नआएसम्मका लागी प्रशासनको सेवा बन्द गरिएको उल्लेख छ।’ अर्को सूचना जारी नभएसम्मका लागि सबै सेवा प्रवाह स्थगित गरिएको छ ।
कार्यालयका अत्यावश्यक सेवा र शान्ति सुरक्षा बाहेक सबै स्थगित गरिएका छन्। नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, संघसंस्था दर्ता, नविकरण, हातहतियार नविकरण लगायतका सेवाहरु हाललाई स्थगित गरिएको स्याङ्जा प्रशासनले जनाएको छ।