स्याङुजा १५ भदौ । सूर्याज्योति लाईफ ईन्स्योरेन्स कम्पनी पुतलीबजार शाखाले आफ्ना अभिकर्ताहरुलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ माउत्कृष्ट व्यवसाय गरेका अभिकर्ताहरुलाई कम्पनीको शाखाले सम्मान गरेको हो ।
कम्पनीको शाखाले टिम व्यवसायमार्फत उत्कृष्ट हुनेहरु शिव पोखरेल, हरि ढकाल र मञ्जु भुजेललाई सम्मान गरेको थियो । व्यक्तिगत उत्कृष्ट व्यवसाय गर्नेहरुकातर्फबाट चित्रबहादुर खत्री, मञ्जु भुजेल र प्रकाश डोटेललाई सम्मान गरिएको थियो ।
आर्थिक वर्ष २०८०÷०८१ मा मासिक रुपमा उत्कृष्ट व्यवसाय गर्नेहरुमा विनिता श्रेष्ठ, रेखा क्षेत्री, सुस्मिता बस्याल, तिलबहादुर बस्याल, चित्रबहादुर खत्रि, मञ्जु भुजेल, प्रकाश डोटेल, सरिता रेग्मी, सम्पदा कर्माचार्य, जयबहादुर थापा र पुनम श्रेष्ठलाई सम्मान गरेको शाखाले जनाएकोे छ ।
सम्मान कार्यक्रममा कम्पनीका अभिकर्ता तथा २०२४ का एमडीआरटी प्रकाश डोटेलले बीमा क्षेत्रमा धेरै सम्भावना भएको बताउनुभयो । उहाले व्यक्तिको व्यक्तित्व विकाससँगै बीमाले बिमीतको सुरक्षा र अभिकर्ताको आर्थिक विकासमा महत्वपूर्ण भूमिकानिर्वाह गर्ने दाबी गर्नुभयो ।
सो अवसरमा बोल्ने वक्ताहरुले पछिल्लो समयमा मानिसको दैनिकी अस्तव्यस्त रहेकाले बीमा अनिवार्य भएको बताउनुभयो । उहाहरुले बीमाले व्यस्त दैनिकी र खानपानबाट सृजनाहुने रोगको सुरक्षा र मानिसको आर्थिक क्षतिलाई सुरक्षित बनाएको बताउनुभयो ।
सम्मान कार्यक्रम शाखाका शाखा प्रमुख सुजन पोखरेलको सभापतित्वमा भएको सम्मान कार्यक्रममा स्वागत मन्तव्य शाखाका व्यवसाय प्रबद्र्धक अरुण श्रेष्ठले गर्नुभएको थियो भने संचालन शाखाका कर्मचारी निसा बस्यालले गर्नुभएको थियो ।