स्याङ्जा, २४ असार । सुरक्षित आप्रवासन परियोजना (सामी) बारे जिल्ला तहका पत्रकारसंग अन्र्तक्रिया गरिएको छ ।
पुतलीबजार नगरपालिकाको आयोजना तथा अन्धाअन्धी सामुदायिक विकास केन्द्रको ब्यवस्थापनमा संचालित परियोजनाले अहिलेसम्म गरेका कामका बारेमा पत्रकारलाई जानकारी गराउनुका साथै अन्र्तक्रिया गरिएको हो ।
अन्र्तक्रियामा बोल्दै नगर प्रमुख सीमा क्षेत्रीले बैदेशिक रोजगारका लागि जाने र उहाका आश्रित परिवारका लागि परियोजनाले धेरै सहयोग पुरयाएको बताउदै यस्ता परियोजना जिल्लाका सबै पालिकामा लागु गर्न सकेमा धेरै समस्या हटेर जाने बताउनुभयो । फजुल खर्च कटाएर आयआर्जनतर्फ महिलालाई आर्कषित गराएको उहाको भनाई छ । रोजगारका लागि विदेश जानेहरुका समस्या पहिचान भएकाले समाधान गर्न सहज भएको छ । विदेश जादा सीप सिकेर जान उहाको सुझाव छ ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्मा नेपाल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी लगायतले परियोजनाले सकारात्मक प्रभाव पारेको बताउदै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
स्थानीय सरकार संचालन ऐन २०७४ अनुरुप वैदेशिक रोजगार सम्बन्धी ब्यवस्थाका बारेमा योजना तथा प्रशासकिय अधिकृत ताराचन्द्र ढकालले र अन्धाअन्धी सामुदायिक स्रोत विकास केन्द्रका परियोजना संयोजक एकनारायण सापकोटाले सुरक्षित बैदेशिक रोजगारीका अवस्था, अवसर, चुनौती र समस्या समाधानका बारेमा सामीले गर्दे आएका काम कारवाहीका बारेमा छ्ट्टाछ्ट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
स्याङ्जाबाट वैदेशिक रोजगारमा जानेको संख्या धेरै छ । झण्डैं एक लाख जनसंख्या विदेशमा रहेको परियोजना ब्यवस्थापकको भनाई छ । विदेशमा रहने संख्याको आधारमा पालिका चयन भएको बताइएको छ । स्वीस सरकार र नेपाल सरकारको सहयोगमा संचालित ३ बर्षे परियोजना स्याङ्जाका पुतलीबजार, वालिङ, गल्याङ नगरपालिका र हरिनास गाउँपालिकामा संचालित छन । परियोजनाको समायाबधी अब एक बर्षको छ ।
वैदेशिक रोजगारमा रहेका कामदार र तिनका परिवार राज्य संयन्त्रबाट संरक्षित तथा गन्तब्य मूलुकमा मर्यादित काम गर्ने वातावरण र्सिजना गर्ने उदेश्यले परियोजना संचालन गरिएको परियोजना प्रमुख सापकोटाको भनाई छ ।