Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, May 16
    Trending
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    • पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न
    • स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु
    • फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना
    • स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
    • आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
    • पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » साहसी महिला खेलाडी: अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा गर्भवती र सुत्‍केरी आमाहरु
    अन्तर्राष्ट्रिय

    साहसी महिला खेलाडी: अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा गर्भवती र सुत्‍केरी आमाहरु

    Syangja SandeshBy Syangja SandeshAugust 10, 2021No Comments5 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    एजेन्सी २६ साउन । जापानको राजधानी टोक्योमा ओलम्पिक सम्पन्न भयो । ओलम्पिकमा सम्झनलायक धेरै कुरामध्ये प्रतिष्पर्धामा ३१ वर्षीय खेलाडी लिन्से फ्लेचको सहभागिता थियो । लिन्सेलाई आफू टोक्यो ओलम्पिकका लागि योग्य छैन भन्ने लाग्थ्यो । यसको कारण थियो उनको गर्भावस्था ।

    तैपति उनले टोक्यो ओलम्पिकमा सहभागी हुन प्रतिज्ञा गरिसकेकी थिइन् । गर्भावस्थामै ओलम्पिकमा प्रतिस्पर्धा गरेर प्रमाणित गर्नेबारे उनले आफ्नो मनसाय बनाइसकेकी थिइन् । ओलम्पिकमा सहभागी हुन उनले विभिन्न परिक्षणका चरणहरु पार गरिन् । नभन्दै लिन्सेले १८ हप्ताको गर्भवति हुँदा टोक्यो ओलम्पिकमा अमेरिकाको तर्फबाट हेप्थोलोनमा प्रतिस्पर्धा गरिन् । यद्यपि १०० मिटरको लाइन पार गर्न नपाउँदै उनी असफल बनिन् ।

    गर्भावस्था आफैँमा जटिल र संवेदनशील अवस्था हो । गर्भावस्थामा भारी काम गर्नु हुँदैन, जटिल व्यायाम् गर्नु हुँदैन, जतिसक्दो धेरै आराम गर्नुपर्छ । र आराम चाहिन्छ । गर्भावस्थाको पहिलो ३ हप्तादेखि ३ महिना भएपछि पनि महिलाले गर्ने बाह्य काममा लगभग प्रतिबन्ध नै लगाइन्छ । तर संसारमा यस्ता साहसी महिला छन्, जो आफू गर्भवती हुँदा पनि विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतिस्पर्धामा भाग लिएका छन् ।

    एलिसिया मोन्टानो

    सन् २०१४ को ओलम्पिक सुरु हुनुभन्दा करिब ६ हप्ताअघि खेलाडी एलिसिया मोन्टानोले अमेरिकी च्याम्पियनसिपमा प्रवेश गरिन् । अमेरिकी आउटडोर ट्रयाक एण्ड च्याम्पियनसिप ८ सय मिटर च्याम्पियनमा पाँचौ पटकसम्म आफ्नो नाम राख्न सफल खेलाडी हुन्, मोन्टानो । सन् २०१४ को ओलम्पिकमा उनी खुब चर्चामा आइन् । ८ महिनाको गर्भवती भएर पनि दौडमा सफल हुनु नै उनी चर्चामा आउनुको मुख्य कारण थियो । ८ महिने गर्भवतीको समयमा आफू दौडमा कसरी सहभागी हुन सफल भइन्, त्यसताका आफूले गर्नुपरेको संघर्षबारे उनले एक भिडियोमार्फत बताएकी छन् ।

    ‘गर्भावस्थाको पूरै समय मैले दौडमा बिताएँ । र महशुस गरें कि गर्भवती हुँदा पनि मैले दौडको सबै प्रक्रिया राम्रोसँग पूरा गरेँ । मलाई साँच्चै नै राम्रो लागेको छ’ २०१४ मा क्यालिफोर्नियाको साक्रामेन्तो कालिफमा आयोजित प्रतियोगितामा सहभागी भएपछि रिपोर्टरहरुसँग उनले भनेकी छन्, ‘दौड्नका लागि मसँग पर्याप्त समय नभकोले त्यसबेला म सामान्य मात्र दौड्न सक्छु लागेको थियो । दौडमा सफल हुन्छुझैँ लागेको थिएन । तर फेरि सोचेँ, ‘गर्भावस्थामा ८ सय मिटरको दौड च्याम्पियन जित्ने पहिलो महिला बन्नुपर्छ’ । अनि मैले प्रतिस्पर्धामा भाग लिएँ र मेरो त्यो चाहना र इच्छाशक्तिले सफलता दिलायो ।’

    मोन्टानोले बनाएका अघिल्ला चारवटा रेकर्डहरुका कारण उनले गर्भावस्थाका बाबजुद पनि सो प्रतिस्पर्धामा प्रवेश पाएकी थिइन् । प्रतियोगितामा सहभागी हुनुअघि उनले आफ्ना डाक्टर र सुडेनीहरुसँग सल्लाह पनि लिइन् । त्यसबेला मोन्टानो ३८ हप्ताकी गर्भवती थिइन् । उनका डाक्टर र सुडेनीले इन्कार गर्नुको सट्टा प्रतिस्पर्धामा सहभागी हुन झन् धेरै प्रोत्साहन दिए ।

    ‘गर्भावस्थामा दौडमा सहभागी हुँदा बाह्य संसारले के सोच्ला, कसैले मेरोबारेमा के भन्ला भन्नेबारे मैले मेरा सारा डरहरुलाई पन्छाइदिएँ । आफू र आफ्नो गर्भमा रहेको बच्चाको लागि व्यायाम् गरिरहेको थिएँ । आफ्नो गर्भावस्थालाई व्यवस्थित गरेर अघि बढेको थिएँ । जसले गर्दा मलाई प्रतिस्पर्धामा सहभागी हुन सहज बनाइदियो’ मोन्टानोले भनेकी छन् ।
    साक्रामेन्तोमा अवस्थित हर्नेट स्टेडिममा आयोजित दौड प्रतिस्पर्धामा सहभागी भएपछि मोन्टानाले साक्रामोन्तो राज्यका तर्फबाट स्ट्यान्डिङ अभियसन पनि प्राप्त गरेकी थिइन् । स्ट्यान्डिङ अभियसनले आफूलाई थप हौसला प्रदान गरेको बताउँदै उनले भनेकी छन्, ‘मेरो बारे अरुले धारणा बनाएको र मुल्यांकन गरेको मलाई मन पर्दैन । बाहिरी धारणाहरुकै कारण मैले आफ्नो भित्री मनदेखिको इच्छा पनि मार्न सक्दिनँ । म जे बन्न चाहन्छु त्यो प्राप्त गरेरै छोड्छु ।’

    २८ वर्षीया मोन्टानोलाई सुरुवातमा लागेको थियो कि आफू पहिलो राउन्डमै बाहिरिन्छु । तर उनले आफू बाहिरिने पिरभन्दा बढी प्रतिस्पर्धामा आफ्नो सहभागीतालाई एक उत्सवको रुपमा मनाइन् । ‘हामीले मानिसको जीवनलाई विभिन्न चरणमा राखेर हेर्न सक्छौँ । चाहे पेशागत खेलाडी होस् या अरु नै व्यक्ति, हरेकको जिवनको संघर्ष र भोगाइ वास्तविकता भन्दा फरक नै देखिन्छ ।

    यस्तोखाले परिस्थिती पुरुषभन्दा महिलामा झन् बढी देखिन्छ । भोगाइ र वास्तविकता जस्तासुकै किन नहुन् आफ्नो लक्ष्य र चाहना प्राप्त भए पनि नभए पनि आफ्नो सहभागीतालाई उत्सवको रुपमा लिनुपर्छ’ मोन्टानोले भनेकी छन् ।

    मोन्टानोले ८ सय मिटर लामो पाँचौ ओलम्पिक रनर अप २८ वर्षको उमेरमा पूरा गरिन् । चौथौ रनर अप सन् २०११ मा पुरा गरिन् भने सन् २०१३ मा वल्र्ड च्याम्पियनसिप बनिन् । सन् २०१४ मा ८ महिनाको गर्भावस्थामा उनी दौडमा सहभागी बनिन् । सन् १९८८ मा किम ग्यालेगेरले ब्रोन्ज मेडल जितेपछि ओलम्पिकमा कुनै पनि अमेरिकी महिलाले ८ सय मिटर लामो मेडल जितेका छैनन् । किमपश्चात सो मेडल जित्ने महिला खेलाडी मोन्टानो बनिन् । उक्त प्रतिस्पर्धामा मोन्टानोलाई ‘वन्डर वुमेन’ क्राउन दिइयो ।

    लिन्से फ्लेच

    ३१ वर्षीया अमेरिकी खेलाडी लिन्सेलाई लाग्ने गर्थ्यो कि आफू टोक्यो ओलम्पिक्स २०२१ को लागि योग्य छैन । उनी योग्य हुन नसक्नुको कारण थियो, उनको गर्भावस्था । तर टोक्यो ओलम्पिकमा सहभागी हुन उनले आफूसँगै प्रतिज्ञा भने गरिसकेकी थिइन् । गर्भावस्थामै ओलम्पिकमा प्रतिस्पर्धा गरेर प्रमाणित गर्नेबारे उनले आफ्नो मनसाय बनाइसकेकी थिइन् । ओलम्पिकमा सहभागी हुन उनले विभिन्न परिक्षणका चरणहरु पार गरिन् ।

    नभन्दै लिन्सेले टोक्यो ओलम्पिक्समा अमेरिकको तर्फबाट हेप्थोलोनमा प्रतिस्पर्धा गरिन् । १०० मिटरको लाइन पार गर्न नपाउदै उनी असफल बनिन् । प्रतिस्पर्धाको क्रममा लिन्से १८ हप्ताको गर्भावस्थामा थिइन् ।

    ‘१८ हप्ताको गर्भावस्था हुँदा मानसिक रुपमा आफुलाई प्रतिस्पर्धाको लागि तयार पार्न निकै कठिन थियो तर मलाई यति पनि थाहा थियो कि महिलाहरु जस्तोसुकै अवस्थामा पनि योग्य बन्न सक्छन् । हामीले जस्तोसुकै अवस्थामा पनि अघि बढ्न सक्नुपर्छ’ लिन्सेले भनेकी छिन्, ‘त्यसपछि मैले प्रतिस्पर्धामा सहभागी हुन परिक्षण खेल खेल्नुपर्छ भनेर निर्णय गरे । प्रतिस्पर्धामा सफल हुन नसकेपनि मैले ठुलो पाठ सिके । त्यो हो, ‘एक च्याप्टर बन्द हुनु भनेकै अर्को च्याप्टरको सुरुवात हुनु हो । आफुले आफुलाई अयोग्य ठान्नुहुन्न ।’

    सेरेना विलियम्स

    अमेरिकी टेनिस खेलाडि सेरेनाले आफू गर्भावस्थामा रहेकै बेला अष्ट्रेलियन ओपन टुर्नामेन्ट २०१७ मा भाग लिएकी थिइन् । प्रतिस्पर्धामा सहभागी हुँदा उनी करिब २ महिनाको गर्भवती थिइन् । उक्त खेलमा सेरेनाले सातौँ अष्ट्रेलियन ओपन टाइटल पनि जितेकी थिइन् ।

    गर्भावस्थामा पनि खेलकुदमा सक्रिय रुपमा सहभागी हुने एलिसिया, लिन्से र सेरेना मात्र पहिलो महिला होइनन् । यहाँ गर्भावस्थामा सहभागी हुने अमेरिकी खेलाडिबारे मात्र चर्चा गरिए पनि संसारका अन्य महिला खेलाडी पनि छन्, जसले गर्भावस्थामा पनि विभिन्न खेलखुदमा सहभागीता जनाएका छन् । तीमध्ये डच राइडर एंकी भ्यान ग्रन्सभेन सन् २००४ र क्यानडाकी क्रिष्टि मोरेले सन् २०१० मा ओलम्पिक गोल्ड मेडल जिते । त्यसबेला यी दुवै खेलाडी पाँच(पाँच महिनाको गर्भावस्थामा थिए । यस्तै मलेसियाकी खेलाडी नुर सुर्यानी मोहम्मद तेइवीले पनि आफू ८ महिनाको गर्भवती हुँदा ‘राइफल इभेन्ट २०१२’ प्रतिस्पर्धामा भाग लिएकी थिइन् ।

    साभार ः अन्नपूर्ण पोष्ट

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    विश्वशान्तिका लागि जयपुर—काठमाण्डौं रथयात्रा

    December 14, 2024

    रुस युक्रेन युद्ध तत्काल बन्दको गरियोस् भन्र्दैै स्याङ्जामा शान्ति रयाली

    February 25, 2023

    पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउने पोखरेली चाहना ५० बर्षमा पूरा

    January 1, 2023

    पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि अर्जेन्टिनालाई

    December 19, 2022

    नेपालको अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

    October 7, 2022

    दिवंगत महारानी एलिजावेथको अन्त्येष्टि गरिंदै

    September 19, 2022
    Leave A Reply Cancel Reply

    Latest Posts

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025

    स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु

    May 14, 2025

    फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना

    May 14, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.