काठमाण्डौ २० मंसिर । हालसम्म सातवटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएका छन्।
समानुपातिकतर्फको मतपरिणामअनुसार सातवटा दलले राष्ट्रिय पार्टीको मान्यता पाएको निर्वाचन आयोगले जनाएको छ।
नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी तीन प्रतिशत थ्रेसहोल्ड कटाएका हुन्।