Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, May 20
    Trending
    • जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
    • नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
    • अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
    • गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
    • महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
    • बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » साउन ३१ गते स्याङ्जामा कविता महोत्सव हुने
    पुतलीबजार नगरपालिका

    साउन ३१ गते स्याङ्जामा कविता महोत्सव हुने

    स्याङ्जामा कविता महोत्सव हुने भएको छ । साउन ३१ गते राष्ट्रिय खुल्ला कविता प्रतियोगिता हुने भएको हो । पुष्प–चन्द्र ट्रस्टका संस्थापक चन्द्रलक्ष्मी श्रेष्ठको प्रथम वार्षिक पुण्यतिथिको अवसर पारेर पाहिलो पटक कबिता प्रतियोगिता हुने भएको हो ।
    Bhawani AdhikariBy Bhawani AdhikariAugust 9, 2024Updated:August 9, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ साउन । स्याङ्जामा कविता महोत्सव हुने भएको छ । साउन ३१ गते राष्ट्रिय खुल्ला कविता प्रतियोगिता हुने भएको हो ।
    पुष्प–चन्द्र ट्रस्टका संस्थापक चन्द्रलक्ष्मी श्रेष्ठको प्रथम वार्षिक पुण्यतिथिको अवसर पारेर पाहिलो पटक कबिता प्रतियोगिता हुने भएको हो ।

    नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति कविवर स्व. केदारमान व्यथित र स्व. पुष्पमान श्रेष्ठको सम्झनामा खुल्ला कविता प्रतियोगिता गर्न लागिएको प्रतियोगिताका संयोजक अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    शुक्रबार पत्रकार सम्मेलन मार्फत कविता महोत्सव गर्ने तयारीमा जुटिरहेको संयोजक श्रेष्ठको भनाई छ । स्याङ्जालाई साहित्यिक जिल्लाको रुपमा चिनाउने उदेश्यले प्रतियोगिता गरिने भएको हो ।

    पुष्प–चन्द्र ट्रस्टको आयोजना तथा पुतलीबजार प्रज्ञाप्रतिष्ठान र स्याङ्जा साहित्य प्रतिष्ठानको सह–आयोजनामा नेपाली भाषा, कला, संस्कृती, साहित्य र शैक्षिक उन्नयनमा हाम्रो अनुष्ठान भन्ने मूल नाराका साथ महोत्सव एवं प्रतियोगिता गर्न लागिएको हो । प
    प्रतियोगितामा ६ प्रदेश र ४८ जिल्लाबाट १९९ वटा कबिता प्राप्त भएको र ती मध्ये २० कवितालाई पहिलो छनौटगरी प्रत्यक्ष वाचनको लागि छनौट गरिएका छन् ।

    साउन ३१ गते २० प्रतिस्पर्धीले कविता वाचन गरेपछि उनीहरु मध्येबाट उत्कृष्ट ३ र २ सान्त्वना कविता छनौटगरी पुरस्कृत गरिने बताइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार ५५५, द्धितीयलाई ११ हजार १११, तृतीयलाई ७ हजार ७७७ र सान्त्वना दुई जनालाई जनही ३ हजार ३३३ रुपियाँ नगद सहित ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ ।

    यसैगरी, फेदिखोला गाउँपालिकामा रहेको अमोर सेवा नेपाल (बालगृह) र एसईई परिक्षा ४ जिपिए ल्याई स्याङ्जा जिल्ला उत्कृष्ट भएका सुसान्त मरासिनीलाई सम्मान गर्ने बताइएको छ । पुतलीबजार नगरपालिकाका ४ वटा बिद्यालयका ५ सय बिद्यार्थीलाई पनि शैक्षिक सामाग्री बितरण गरिने भएको छ ।

    पत्रकार सम्मेलनमा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, ट्रष्टका सचिव ओमप्रकाश शर्माले प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

    कार्यक्रमका संयोजक अनन्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पत्रकार महासंघको कोषाध्यक्ष रमेश गोदारले गर्नुभएको थियो ।

    प्रतियोगिता सुरु हुनुपूर्व विभिन्न जातजातिका भेषभूषा झाँकी सहितको शोभायात्रा गरिने र पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा पुगेर कार्यक्रम गरिने भएको छ। प्रतियोगिताका लागि अनुमानित १० लाख खर्च हुने आयोजकको अनुमान छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025

    बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु

    May 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.