स्या्जां ४ साउन । साउन महिनाको पहिलो सोमबार हिजो वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रतबसी भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी मनाएका छन्् । विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । यो महिना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । स्याङजा लगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गरेकामा यसवर्ष कोरोना भाइरसको जोखिम कायमै रहेकाले मूल ढोकामै तालाबन्दी गरिएको छ । मूल मन्दिर बन्द गरिए पनि बाहिर भक्तजनको भीड लागेको छ । मन्दिरमा पूजाआराधना गर्न नपाए पनि भक्तजनहरु शिवालय परिसर वा प्रवेशद्धारमा पुगेर पूजाआराधना एवं दर्शन गरेर फर्किएका छन् । सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा उल्लेख छ । प्रायजसो महिलाले परिवारको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रतबसी पूजाआजा गर्ने गर्छन् । यस वर्ष साउनमा पाँच वटा सोमबार परेको छ । साउन ४, ११, १८, २५ र ३२ गते सोमबार परेको छ । साउनमा ५ वटा सोमबारको व्रत बसेमा राम्रो हुने भनाई छ ।
कोरोना भाइरसको महामारीका कारण मन्दिरहरुमा नित्य पूजाआजबाहेक अन्य धार्मिक तथा सांस्कृतिक गतिविधि बन्द गरिएका कारण सहज दर्शन तथा पुजा गर्ने अवस्था भने छैन । यता छाँयाछेत्र मन्दिरको मुुल गेटमा नै बार लगाईएको छ भने प्रवेशमा कडाई गर्नका लागि प्रहरीलाई समेत तैनाथ गरिएको छ ।
मन्दिर व्यवस्थापन समितिले पनि मन्दिरमा प्रवेश रोक लगाएको सूचना निकालेर जानकाी गराएको छ ।