सांसदबाट हटाइएपछि राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । उहाले गणेश घिमिरेलाई वारेस बनाई आज सर्वोच्चमा रिट दायर गर्नुभएको हो । निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, बार एसोसिएसन उपाध्यक्ष अधिवक्ता ईश्वरी भट्टराई र पाटन उच्च बारका पूर्व अध्यक्ष भोजराज आचार्यले बहस गर्ने छन् । रिटमा सांसदबाट हटाउने पार्टीको निर्णय खारेजको माग गरिएको छ । जनमोर्चाको केन्द्रीय निर्णयविपरीत उनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर नगरी मुख्यमन्त्रीमा पृथ्वीसुव्वा गुरुङ सरकारलाई नै सहयोग गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । पार्टीले गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने ३ जना सांसदलाई नै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा समर्थन गर्न निर्देशन दिएको थियो । तर उहाले अटेर गरेपछि पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दै बिहीबार सांसदबाट पनि हटाएको हो । गण्डकीमा कुल ६० सदस्यमध्ये सांसद थापा पदमुक्त भएपछि ५९ सदस्य बाँकी छन् । बहुमतका लागि अब ३० सदस्य आवश्यक पर्छ । दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त गुरुङले २७ जेठभित्र संसदमा विश्वासको मत लिनुपर्छ । उहाको पक्षमा हाल स्वतन्त्र सहित नेकपा एमालेका २८ सांसद मात्र छन् ।
Monday, March 17
Trending
- लायन्सद्धारा आयोजित रक्तदानमा ४५ यूनिट रगत संकलन
- सामाजिक विकास कार्यालयद्धारा आँधीखोला बोर्डिङलाई साहित्यिक पुस्तक हस्तान्तरण
- आर्थिक समृद्धिका लागी जल, जमिन र जंगलको उपयोग गरौं — पूर्वसांसद गुरुङ
- पिंक सिटी वालिङ महोत्सवमा काब्य गोष्ठी
- आज फागु अर्थात् होली पर्व मनाइदै
- मालुंगा क्याम्पस स्ववियू सभापतिमा नेविसंघका गोबिन्द भण्डारी
- चैत मसान्तभित्रै महाधिवेशन गर्नेगरि तयारीमा जुटयो स्याङ्जा तरुण दल
- अर्जुनचौपारीको नवग्रह मन्दिरमा झण्डै ७८ लाख रकम संकलन