स्याङ्जा ७ चैत । वालिङ्बाट बुटवलतर्फ जादै गरेको मोटरसाइकल र विपरित दिशातर्फबाट आइरहेको यात्रुवाहक सवारी साधन ठोक्किदा मोटरसाइक चालक २७ बर्षिय जीतेन्द्र पटेलको सोमबार ज्यान गएको छ।
मृत्यु हुने पटेल रुपन्देहीको शुद्धोधन गाउँपालिका ५ घर भई हाल गल्याङ स्थित एक मोटरसाइकल वर्कशपमा काम गर्थे।
बुटवलतीर जाँदै गरेको ग.१५प. ७४४७ नं. को मोटरसाईकल र अर्को दिशावाट आईरहेको लु.२ ख. ५२९० नं. को फोर्स कम्पनीको गाडी सोमबार दिउँसो सिद्धार्थ राजमार्ग अन्र्तगत गल्याङ् नगरपालिका १ नब्बे बजारमा ठोक्कीदा पटेल घाईते भएका थिए।
घाइते पेटलको उपचारका क्रममा नगर अस्पताल गल्याङमा मृत्युृ भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाका अनुसार सोमबार दिउसो १ बजे दुर्घटना भएको हो।
दुबै सवारी साधन र गाडी चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Sunday, January 19
Trending
- नेवाः देय दवुको अध्यक्षमा हिक्मत श्रेष्ठ
- आँधीखोलामा टिप्पर दुर्घटना, एकको मृत्यु, चार घाईते
- गरिमा विकास बैंकको अध्यक्षमा दिलिपप्रताप खाँण
- वालिङ प्याथोलोजी तेस्रो बर्षमा,चार जिल्लाका नागरिकलाई सहज
- आज माघे संक्रान्ति अर्थात मकर संक्रान्ति पर्व मनाईदै
- मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको बिधेयक बारे सुझाव संकलन
- आजदेखि एक महिने स्वस्थानी व्रत शुरू
- प्याब्सन स्याङजाको अध्यक्षमा राजेन्द्र गोदार निर्वाचित