स्याङजा, २८ असार । नेपाली कांग्रेस स्याङजाले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दे स्याङजा सदरमुकाम स्थित सहिदचोकमा सोमबार साझ दिप प्रज्वलन गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमारले प्रतिनिधीसभा पुर्नस्थापना ऐतिहासिक एवं स्वागतयोग्य रहेको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक संबिधानसभा विघटन गरेर असंवैधानिक काम गरेको ठहर गर्दे सर्वोच्चले संबिधानका मर्म र भावनालाई समेट्दै आमनागरिकका पक्षमा फैसला गरेको खुशीयालीमा स्याङजा ११ वटै स्थानीय पालिकामा दिपप्रज्वलन गर्दे स्वागत गरिएका उहाको भनाई छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले गरेको फैसलामा २ दिनमा शेरबहादुर देउवालाई प्रधानमन्त्री र सात दिनभित्र प्रतिनिधिसभाको बैठक समेत बोलाउन परमादेश जारी हुनु नेपाली जनता र लोकतन्त्रको जीत भएको टिप्पणी गर्नुभयो ।
सहिदचोकमा आयोजित स्वागत कार्यक्रममा जिल्ला स्तरीय नेता तथा स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता थियो । सहभागीले नेपालको नक्सा बनाएर नक्साभरी मैनबत्ती बालेर नेपालको रक्षार्थ सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
स्वागत कार्यक्रमको सहजीकरण नेपाली कांग्रेसका जिल्ला सदस्य पृथ्वीप्रसाद पोखरेलले गर्नुभएको थियो ।
प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिटमाथि फैसला सुनाउँदै सर्वोच्चले धारा ७६ ९५० अनुसार सरकार गठनमा दलीय अनुशासनका सम्बन्धमा बोलेको हो । सर्वोच्चको फैसलाअनुसार धारा ७६ ९५० को सरकार गठनमा दलीय ह्विप र अनुशासनको कारबाही निष्प्रभावी हुने भएको छ ।
अदालतले विश्वासको मत लिन नसक्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी संविधानसम्मत नदेखिएको ठहर गरेको छ ।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दै दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज उक्त फैसला सुनाउँदै यही असार २९ गते मङ्गलबार अपराह्न ५ बजेभित्र प्रधानमन्त्री नियुक्ति गर्न भनेको हो।