स्याङ्जा २६ माघ । पुतलीबजार नगरपालिका ३ गैरीखेत स्थित सरस्वती माध्यमिक बिद्यालयको ६१ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस बिबिध कार्यक्रमगरी मनाइएको छ ।
दिवसको उदघाटन गर्दे पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले विद्यालयले गुणस्तरीय शिक्षा दिई अभिभावकको मन जित्नसक्नु पर्ने बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि नगरपालिकाले सहयोग गर्दे आएको र फेरिपनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाले बिद्यालयको भौतिक एवं शैक्षिक गुणस्तर बृद्धिका लागिै सरोकारवाला सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा निवर्तमान वडाअध्यक्ष अमृतप्रसाद श्रेष्ठ, पूर्व प्रधानाध्यापक खिमलाल पोखरेल र बलराम दोरंगा, अक्षयकोषतादाता अनन्तकुमार श्रेष्ठ, काजिमान हरिटिकाका अध्यक्ष अनुप श्रेष्ठ, पुण्यशिला आधारभूत बिद्यालयका प्रधानाध्यापक लेखनाथ शर्मा, स्मृति बाल क्लबका अध्यक्ष सदिक्षा शर्माले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
प्रधानाध्यापक कृष्णबहादुर गोदारले विद्यालयको आर्थिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पूर्व प्रधानाध्यापक पोखरेल र दोरंगालाई बिदाई गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक यामनारायण शर्मा र क्लबका सहसचिव अदिती गोदारले स्वागत र शिक्षक लक्ष्मीनारायण कोईरालाले सञ्चालन गर्नुभएको थियो ।
सोही कार्यक्रममा भरतपूर महानगरपालिका २४ निवासी कृष्णबहादुर गोदारले ५१ ह्जार रुपैयाको “ पुड्का दमै परियार अक्षयकोष“ स्थापना गर्नु भएकोछ । विद्यार्थीहरुलाई वार्षिक पुरस्कार तथा छात्रवृत्ति र विद्यालयका उत्कृष्ट वर्ष खेलाडि प्राची हमाललाई सम्मानित गरिएको थियो । सोही कार्यक्रममा बिद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।