Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 2
    Trending
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    • ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा
    • पञ्चकन्याका ३ सय २२ जना विद्यार्थीलाई विद्यालय पोशाक
    • वालिङमा प्रथम सडक खाना महोत्सव तयारी तिव्र
    • हाजिरीजवाफ प्रतियोगितामा जनआदर्श मावि प्रथम
    • फरार कसुरदार ३८ वर्षपछि पक्राउ
    • स्याङ्जामा मनाइयो महिला मानवअधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको छ’ विपक्षी पाँच दलको वक्तव्य
    राजनीति

    ‘सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको छ’ विपक्षी पाँच दलको वक्तव्य

    Syangja SandeshBy Syangja SandeshJune 6, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ, २२ जेठ । सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको विपक्षी पाँच दलले आरोप लगाएका छन् ।

    शनिबार साँझ संयुक्त वक्तव्य सार्वजनिक गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको आरोप लगाएको हो ।

    बजेटमार्फत सरकारले ढुंगा, बालुवा र गिटीको निकासी गर्न चुरे क्षेत्र लगायतको उत्खनन् गर्न दिने घोषणाले तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका वासिन्दाहरूलाई बाढी, डुवान र पानीको स्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई जोखिमयुक्त बनाएर राष्ट्रघाती र जनघाती घोषणा गरेको विपक्षी गठबन्धनको आरोप छ ।

    बजेट घाटा पूर्ति गर्ने भ्रम छर्दै सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म भएको निष्कर्ष निकाल्दै विपक्षी गठबन्धनले सत्ता टिकाउनका लागि राष्ट्रिय स्रोतलाई निहित स्वार्थ साधनका लागि दुरुपयोग गर्ने राष्ट्रहित विरोधी निर्णय भएकाले तत्काल खारेज गर्न माग गरेका छन् ।

    यस्तै, विपक्षी गठबन्धनले बजेटमार्फत आयोडिनयुक्त नूनको आयातमा कसैलाई फाइदा पुर्याउने तथा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशानयबाट निर्णय भएको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन माग गरेको छ । गठबन्धनले निश्चित व्यक्तिलाई नूनको जिम्मा दिने निर्णयले जनताले सर्वसुलभ पाइरहेको नूनको भाउ बढ्ने उनीहरूले जनाएका छन् ।

    त्यसैगरी उनीहरूले कोभिड–१९ रोकथाम तथा नियन्त्रणम लाग्नुपने सरकार पटक–पटक कमिसन र भ्रष्टाचारमा लागेको आरोप लगाउँदै निषेधाज्ञाका कारण दैनिक रोजीरोटी गुमाएका गरीब, असहाय र श्रमजीवी जनताका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्न पनि माग गरेका छन् ।

    वक्क्तव्यमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्याक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेकपा एस स्याङ्जाको अध्यक्षमा शंकरध्वज कार्की

    June 22, 2025

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे

    March 25, 2024

    कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान

    January 26, 2024

    गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्

    January 20, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह

    November 30, 2025

    एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत

    November 30, 2025

    ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा

    November 30, 2025

    पञ्चकन्याका ३ सय २२ जना विद्यार्थीलाई विद्यालय पोशाक

    November 30, 2025

    वालिङमा प्रथम सडक खाना महोत्सव तयारी तिव्र

    November 29, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह

    November 30, 2025

    एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत

    November 30, 2025

    ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा

    November 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.