Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, July 20
    Trending
    • गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा
    • बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान
    • आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक
    • वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत
    • छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने
    • गल्याङ टकुनचौरका ३५ घरका आँगनमा पानीको धारा
    • मोटरबाटो उपभोक्ता समितिद्धारा प्राबिधिक तथा कर्मचारीलाई सम्मान
    • जबरजस्ती करणी कसुर मुद्दामा फरार कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सरकारले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक प्रस्तुत गर्दै बजेट परिमार्जन
    अर्थ

    सरकारले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक प्रस्तुत गर्दै बजेट परिमार्जन

    Syangja SandeshBy Syangja SandeshSeptember 11, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं २६ भदौ । सरकारले चालु आर्थिक २०७८÷७९ वर्षको बजेटलाई परिमार्जन गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले शुक्रवारको प्रतिनिधिसभा बैठकमा अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको प्रतिस्थापन विधेयक ल्याएको बताउनुभएको हो । कुल विनियोजन मध्ये संघले खर्च गर्ने चालु तर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड रुपैयाँ अर्थात ४१.५२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ अर्थात २३.१६ प्रतिशत, वित्तिय व्यवस्था तर्फ १ खर्ब ८९ अर्ब ४४ करोड रुपैयाँ अर्थात ११.६० प्रतिशत र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ खर्ब ८७ अर्ब ३० करोड रुपैयाँ अर्थात २३.७२ प्रतिशत रहेको अर्थमन्त्री शर्माले जानकारी दिनुभयो ।

    उहाँले सरकारको उच्च प्राथमिकता कोभिड– १९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने र अर्थतन्त्रलाई पुर्नउत्थान गरी चलायमान बनाउने विषय रहेको उल्लेख गर्नुभयो । सरकारले कोभिड–१९ विरुद्धको खोप लगाउन योग्य सबै नेपालीलाई यथाशक्य चाडो खोप उपलब्ध गराउन खोपको आपूर्तिको सुनिश्चिततासहित खोपको प्रवन्ध मिलाएको उहाँले बताउनुभयो ।

    खोपको व्यवस्थापन
    कोभिड संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि स्रोतको कमी हुन नदिन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले खोप व्यवस्थापनको लागि वैदेशिक स्रोतको अतिरिक्त आन्तरिक स्रोत समेत सञ्चालन गर्ने प्रबन्ध गरेको बताउनुभयो ।
    चालु खर्च तर्फ बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी, तालिम खर्च, सिप विकास तथा जनचेतना तालिम सम्बन्धी खर्च कार्यक्रम, अनुगमन, मुल्यांकन खर्च, भ्रमण खर्च, विविध कार्यक्रम खर्चमा न्यूनतम १० प्रतिशतका दरले बजेट कटौती गरी यसरी खर्च कटौती गर्दा बचत हुने ५ अर्ब रुपैयाँ कोभिड–१९ को खोप खरिदको लागि उपयोग गरिने पनि उहाँले बताउनुभयो ।


    जटिल रोगीलाई मासिक ५ हजार र जीवनवृत्ति वापत् मासिक ३ हजार

    सरकारले मृगौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात बिरामीलाई औषधी उपचार खर्चबापत मासिक ५ हजारको दरले उपलब्ध गराउने भएको छ । त्यस्तै राजनीतिक आन्दोलनमा बलिदान गर्ने परिवारको लागि जीवनवृत्ति वापत् मासिक ३ हजार प्रदान गर्ने पनि प्रतिस्थापन विधेयकमा उल्लेख गरिएको छ ।
    कोभिड–१९ बाट प्रभावित रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा रहेका करिब ५ लाख परिवारलाई राहत स्वरुप १ पटकका लागि प्रतिघरपरिवार १० हजार रुपैयाँका दरले निश्चित मापदण्डका आधारमा यही असोज महिनाभित्र स्थानीय तहको समन्वयमा नगद अनुदान प्रदान गरिने पनि अर्थमन्त्री शर्माले बताउनुभयो ।

    कृषि विमामा ८० प्रतिशत

    कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गरी यस क्षेत्रमा किसानहरुको आकर्षण वृद्धि गर्न कृषि बाली तथा पशु बिमाको दायरा बिस्तार गरी दिईदै आएको बिमा प्रिमियर साबिकको ५० प्रतिशतबाट वृद्धि गरी ८० प्रतिशत पु¥याएको पनि अर्थमन्त्रीले वक्तव्यमार्फत् जानकारी दिनुभयो ।
    शहरी विपन्न नागरिकहरूको लागि सामाजिक संस्थाको सहकार्यमा कामाठमाडौं उपत्यकाको कम्तीमा १० स्थानमा सुपथ र सुलभ रुपमा खानाको व्यवस्था गरिने पनि उहाँले बताउनुभयो । अर्थमन्त्री शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को चर्को बिरोध र नाराबाजीकाबीच प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्नुभएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा यसबर्ष एक अरब २५ करोडको सुन्तला उत्पादन

    January 1, 2025

    स्याङ्जाको कफी उत्पादन गतबर्षभन्दा दोब्बरकोे अनुमान

    March 14, 2024

    नेपालको आर्थिक अवस्था हल्का चलायमान भएको छ — वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

    January 20, 2024

    चण्डीकालिका सेभिङ् इण्ड क्रेडिट को अपरेटिभमा शेरचन निर्वाचित

    January 6, 2024

    देउसी खेलेर संकलित ५० हजार राम्दीका जेष्ठनागरिकलाई

    November 24, 2023

    स्याङ्जामा रोपिए १ लाख ७० हजार किलो आलु

    November 24, 2023
    Leave A Reply Cancel Reply

    Latest Posts

    गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा

    July 19, 2025

    बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान

    July 19, 2025

    आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक

    July 19, 2025

    वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत

    July 18, 2025

    छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने

    July 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा

    July 19, 2025

    बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान

    July 19, 2025

    आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक

    July 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.