Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, December 5
    Trending
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    • उच्च अदालतको आदेशपछि शाही पुनः पक्राउ
    • स्याङ्जामा बिबिध कार्यक्रम सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो
    • ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु
    • मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सभामुखलाई थाहै नदिई प्रमुखद्धारा प्रदेश १ को बजेट अधिवेशन अन्त्य
    प्रदेश १

    सभामुखलाई थाहै नदिई प्रमुखद्धारा प्रदेश १ को बजेट अधिवेशन अन्त्य

    Syangja SandeshBy Syangja SandeshAugust 17, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं १ भदौ । प्रदेश नंबर १ को बजेट अधिवेसन अन्त गरिएको छ ।
    सभामुख प्रदीपकुमार भण्डारीले भदौ १ गते दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाउनु भएको थियो । तर, सरकारको सिफारिसमा प्रदेश प्रमुखले गए रातीदेखि नै अधिवेशन अन्त्य गरिदिनु भएको छ ।

    सभामुखले आईतबार प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्न बनेका विधेयकमा संशोधन दर्ता गराउन आजसम्मको समय सांसदहरुलाई दिनुभएको थियो ।
    बजेट अधिवेशनका २८ वटा बैठकले प्रदेश सरकारको बजेट, नीति तथा कार्यक्रम पारित गर्नुका साथै प्रदेश कृषि व्यावसाय प्रवर्द्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ पारित गरेको छ ।

    प्रदेशसभामा अहिले महत्त्वपूर्ण आठवटा विधेयक संशोधनका लागि पेस भएको अवस्थामा सरकारले एकाएक अधिवेशन नै अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्नु लज्जास्पद भएको बताए । प्रदेश १ को नामकरण पेचिलो बन्दै गएको छ । राजनीतिक दलहरुबीच पनि प्रदेशको नामबारे साझा धारणा बन्न सकेको छैन भने विभिन्न जातीय संघ संगठनहरुको पनि आ–आफ्नै मुद्दा छ ।

    प्रदेशको नामकरणका लागि दुई तिहाई बहुमतले प्रस्ताव पारित गर्नुपर्ने हुन्छ । प्रदेश १ मा सत्ताधारी दल एमालेको एकल सरकार छ । प्रदेशसभामा एमालेको ५१, काँग्रेसका २१, माओवादी केन्द्रका १५, संघीय समाजवादीका ३ तथा राप्रपा र लोकतान्त्रिक मञ्चको एक–एक जना सांसद छन् ।

    प्रदेशको नामकरणका लागि सरकारले विपक्षी गठबन्धनमा रहेका काँग्रेस र माओवादी केन्द्रमध्ये कुनै एक दलको समर्थन अनिवार्य लिनुपर्ने हुन्छ । तर, राष्ट्रिय राजनीतिमा देखिएको ध्रुवीकरणका आधारमा प्रदेश सरकारले काँग्रेस वा माओवादी केन्द्रको समर्थन पाउने अवस्था देखिएको छैन भने एमाले भित्रै पनि प्रदेशसभामा माधव नेपाल पक्ष पनि उत्तिकै सशक्त देखिन्छ ।

    तत्कालीन नेकपाको सरकार गठन भएको एक वर्षपछि २०७६ वैशाख २६ गते विराटनगरलाई स्थायी राजधानी बनाउने टुङ्गो लागेको थियो । तर, प्रदेशको नामबारे भने दलहरुबीच सहमति जुट्न नसक्दा अझै प्रदेश १ ले नाम पाउन सकेको छैन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मुख्यमन्त्री राजेन्द्र राईको नेतृत्वमा प्रदेश १ मा सरकार गठन

    November 2, 2021

    मुख्यमन्त्री भीम आचार्यले राजीनामा

    November 1, 2021

    मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिँदै

    November 1, 2021

    प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य

    August 26, 2021

    प्रदेश १ मा ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट

    June 15, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025

    अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम

    December 5, 2025

    जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ

    December 4, 2025

    उच्च अदालतको आदेशपछि शाही पुनः पक्राउ

    December 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025

    अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम

    December 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.