स्याङ्जा, ११ माघ । सत्ताईस महिने भतिजी मारेको आरोपमा ३८ बर्षे बासुदेव ढकाल प्रहरी नियन्त्रणमा छन्।
सोमबार दिउँसो १ बजे चापाकोट नगरपालिका — ७ पिपलछाप निवासी आफनै सहोदर भाईका छोरी नावालिका (सुबिना ढकाल) लाई ज्यान मार्ने मनसायलिई भुईंमा पछारेका ठूलाबाउ (बासुदेव)लाई प्रहरीले पक्राउगरी नियन्त्रणमा लिएको हो।
प््राहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार, ‘नाबालिका ढकालका दुबै खुट्टा समाई टाउकाको भाग पटक—पटक भूईं÷जमिनमा पछारी अचेत बनाई छाडेको र उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो।
नबालिकाको शव परिक्षणका लागि सोमबारै पोखरा पठाइएको थियो। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पठाइएको शव पोष्टमार्टमपछि मंगलबार आफन्तलाई बुझाइएको छ।
घटनाका आरोपी ढकाललाई ज्यान सम्बन्धी कसुर मुद्धा दर्तागरी स्याङ्जा अदालतबाट ७ दिनको म्याद थपगरी अनुसन्धान कार्य सुरु गरिएको प्रहरीले जनाएको छ। कसरी नावालिकालाई मार्ने मानसायले यस्तो घटना घटाइयो भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीको भनाई छ।