स्याङ्जा ३ असोज । संबिधान दिवसको अवसर पारेर पहिलो पाइला नेपाल पुतलीबजार शाखाले सहिदचोकमा बुधवार साँझ दिप प्रज्वलन गरेको छ ।
पुतलीबजार नगरपालिका १ स्थित मुख्य चोकमा नेपालको नक्सा र झण्डाको चित्र कोरेर मैनवत्ती बालिएको हो ।
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्माले मैनवत्ती बालेर दिप प्रज्वलनको सुरुवात गर्नुभएको थियो ।
त्यसपछि सहभागी सबैले नेपालको संबिधान जारी भएको दिनको स्मरण गर्दै चोकममा दिप प्रज्वलन गर्नुभएको पहिलो पाइलाका उपाध्यक्ष पवन मरासीनीले जानकारी दिनुभयो ।