स्याङ्जा २८ भदौ । हरितालिका तीजको अवसर पारेर पुतलीबजार नगरस्तरीय शोैन्दर्यकला समितिले प्रथम अधिवेशनस सहित शुभकामना आदानप्रदानका कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको उदघाटन गर्दै पुतलीबजार नगरउपप्रमुख देवी अर्यालले धर्म संस्कृतिको सम्बद्र्धन गर्दै कम खर्चमा चाडपर्व मनाउनुपर्ने बताउनुभयो । धर्म र संस्कृतिका नाउमा बढ्दो आडम्बर घटाउन तपाई हामीबाटै सुरुवात गर्नुपर्ने उहाले भन्नुभयो । नगरपालिका भित्र रहेर धेरै बहिनीहरु शौन्दर्यकला ब्यवसाय संचालन गर्दै आयआर्जन गर्न सफल भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा नगरपालिकाले आर्थिक सहयोग तथा आवश्यक तालिम उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा च्याम्बर अफ कमर्शका केन्द्रीय सदस्य निर्मला लम्साल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, डिस्ट्रिब्यूटर दिपक शर्मा लगायतले हरितालिका तीजको शुभकामना ब्यक्त गर्दै तीजको मौलिकपनको रक्षा गर्दै मनाउनु पर्नेमा जोड दिनुभयो ।
नगर अध्यक्ष माया गोर्खालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य बिष्णु पौडेलले स्वागत एवं सचिव कल्पना लम्सालले संचालन गर्नुभएको थियो ।

अधिवेशनले कल्पना लम्सालको अध्यक्षतामा सर्वसम्मत समिति चयन गरेको छ । एघार सदस्यीय समितिको उपाध्यक्षमा सुमन गुरुङ, सचिवमा अप्सरा शाही, सहसचिवमा गंगा गुरुङ, कोषाध्यक्षमा रेखा शर्मा चयन हुनु भएको छ ।
सदस्यहरुमा मिना केसी, पार्वती सेन, सफीरा बानु, अन्जु शर्मा, सगुन थापा र जियाना सुनार सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक भवानी अधिकारीले जानकारी दिनुभयो ।
यसैगरी, सल्लाहकारमा लीसु अधिकारी, माया गोर्खाली र सुषमा श्रैष्ठ रहनुभएको छ ।