Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, May 21
    Trending
    • जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
    • नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
    • अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
    • गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
    • महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
    • बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » शोकाकूल काजिमान हरिटीका
    बिचार

    शोकाकूल काजिमान हरिटीका

    Syangja SandeshBy Syangja SandeshJuly 9, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    ओमप्रकाश शर्मा
    स्याङजा, २५ असार । स्याङजाको सदरमुकाम स्थित काजिमान हरिटीका माध्यमिक बिद्यालयका संस्थापक मध्येका एक टीकाकुमारी श्रेष्ठको ८२ बर्षको उमेरमा आइतवार निधन भएको छ ।
    पोखरा स्थित निवासमा उहाको निधन भएको हो । निधनको खबरले बिद्यालय परिवार मर्माहत भएको छ । उहाको हिजै बैदिक बिधि अनुसार सेतीनदी किनार स्थित शान्तिघाटमा अन्तिम संस्कार गरिएको छ । बिद्यालयका संस्थापक काजिमान श्रेष्ठको २५ बर्षअघि र हरिकुमारी श्रेष्ठको ८ बर्षअघि निधन भएको हो । सदरमुकाम स्थित त्रिभुवन आदर्श बिद्या मन्दिर मीडिल स्कूल र रात्रि पाठशालाले यस क्षेत्रका जनताका छोराछोरीको औपचारिक शिक्षा आर्जन गर्ने चाहनालाई थेग्न नसकेपछि स्थानीय जनताको आग्रहमा विस २०२५ सालमा स्वर्गिय काजिमान श्रेष्ठले आफनो तर्फवबाट ७ हजार रुपैंया क्षेत्रीय शिक्षा निर्देशनालय पोखरामा धरौटी राखी बिद्यालय संचालन गर्ने अनुमति माग्नु भएको थियो । तत्काल भाषा पाठशालाका गुरु पण्डित चक्रपाणी उपाध्यायको सहयोगमा पठनपाठन सुरु गराएका श्रेष्ठले स्थानाभावका कारणले कहिले देवानचोक स्थित पौवा र कहिले कुमालगाउँ स्थित भयरको थानको खुलाचौरमा घुम्ति पाठशालाको रुपमा आफनो प्रत्यक्ष निगरानी र रेखदेदमा बिद्यालय संचालन गर्नुभएको थियो । वि.सं. २०२७ सालमा बिद्यालय सञ्चालनको स्वीकृति पाए पनि सम्पूर्ण खर्च र पूर्वाधार निर्माणको जिम्मा पनि श्रेष्ठकै काधमा आइपरयो । आफु र आफना दुई धर्मपत्नी हरि र टीको नाममा समाजले जुटाइदिएको काजिमान हरिटीका पाठशाला समयक्रमको विकास र स्थानीय आवश्यकतासंगै हालसम्म झण्डै ५ हजारले प्रकाशिका परक्षिा उत्र्ती०ा गर्न सफल भएका छन । कक्षा १२ सम्मको अध्ययन अध्यापन हुने बिद्यालयले काजिमान हरिटीका बहुप्राबिधिक शिक्षालय गर्न प्रारम्भ गरेको अभियानमा राजनीतिक आग्रहका कारण स्थानइि पुतलीबजार नगरपालिकाको जनप्रतिनिधीको अहसयोगका कारण गतिरोध उत्पन्न भएको छ । बिद्यालय सेवा क्षेत्रका गरीव तथा विपन्न परिवारका हजारौंले औपचारिक शिक्षा मार्फत आफनो सामाजिक र आर्थिक जीवनमा ठूलो परिवर्तन ल्याउन सफल भएका छन् । यस बिद्यालयमा पढेका दर्जनौं पूर्व बिद्यार्थी देश विदेशमा ख्याती कमाएका बैज्ञानिक, चिकित्सक, इन्जिनियर, प्रशासक, राजनीतिकर्मी र सामाजिक अभियन्ता छन। उनीहरु संस्था र समाजका सम्पति हुन । निरक्षरलाई साक्षर बनाउने अनपढलाई पढाउने, बाटो बिराएकालाई औपचारिक शिक्षा मार्फत सत्मार्गमा डोरयाउन अभिप्रेरित गर्ने बिद्यालयका संस्थापक स्वर्गिय टीकाकुमारी श्रेष्ठप्रति हाम्रो पनि बैकुण्ठबासको कामना सहित श्रद्धासुमन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कांग्रेस नेता खगेन्द्रराज रेग्मीको ‘जीवनयात्रा’ पुस्तकमा

    September 10, 2022

    के छ एमसीसीमा ?

    February 5, 2022

    नेपाली कांग्रेसको इतिहास र नेतृत्वका लागि भएका छिनाझप्टीको तथ्य

    December 15, 2021

    सरकारका आँखामा लैंगिक समानता

    July 31, 2021

    पत्रकारले यस कारणले लिनु हुन्न सरकारी सुविधा

    June 18, 2021

    नेपालमा संसद् विघटनको इतिहास :

    June 10, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.