स्याङ्जा १७ भदौ । पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आदर्श नमूना माध्यमिक बिद्यालयले बिद्यालयको शैक्षिक, भौतीक एवं ब्यवस्थापकिय गुणस्तरीय बृद्धिका लागि प्रशिक्षण सहितको अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेकोे छ ।
कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले पुतलीबजार नगरपालिकालाई शिक्षा बिना विकास समृद्धि संभव नभएकाले नगरपाालिकाको पहिलो प्राथमिकता शिक्षामा रहेको बताउनुभयो । पुतलीबजारलाई शैक्षिक हव बनाउने उदेश्य सहित अघि बढेको जनाउदै नगरबासी सबैले यस कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाले नगरपालिकाले प्रबिधिक शिक्षा अध्ययनका लागि प्रत्येक वडाबाट २÷२ जनालाई ५० प्रतिशत छात्रबृद्धि उपलब्ध गराएको बताउनुभयो । साथै उहाले संघीय सरकारले उपलब्ध गराएको १५ रुपैंया बराबरको खाजाका लागि दिएको रकममा नगरपालिकाले १० रुपैंया थप गरी प्रति ब्यक्ति २५ रुपैया उपलब्ध गराउने पनि जानकारी गराउनुभयो ।

शिक्षाविद एवं शिक्षा बिभागका पूर्व महानिर्देशक बाबुराम पौडेल, गण्डकी प्रदेश शिक्षा निर्देशक अम्बिका प्रसाद आचार्य, पूर्व जिल्ला शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले बर्तमान शिक्षा प्रणाली, खवस्था र शिक्षक, अभिभावक संघ तथा शिक्षकहरुका काम, कर्तब्य र अधिकारका बारेमा प्रशिक्षण गराउनु भएको थियो ।

कार्यक्रममा शिक्षक अभिभावक संघका संघका बिष्णुप्रसाद श्रेष्ठ, बिद्यालय सुपरिवेक्षक ओमप्रकाश शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रकुमार गुरुङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीले स्वागत सहित विद्यालयका समग्र गतिबिधि र सहायक प्रधानाध्यापक प्रेमराज पौडेलले संचालन गर्नुभएको थियो । कार्यक्रममा शिक्षक, अभिभावक, ब्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यहरु सहभागी थिए ।

