Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 23
    Trending
    • राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई
    • आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण
    • पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई
    • शितला माविका विद्यार्थीलाई न्यानो कपडा
    • आँधीखोला गाउँपालिकामा उत्पादित दूध पोखरामा
    • एआई—एक्सरेद्धारा क्षयरोग खोजपड्ताल शिविरमा पुतलीबजारका २०८ जना लाभान्वित
    • पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला बितरण सुरु
    • पर्यटक लोभ्याउदै स्याङ्जाकै अग्लो चिउरीको झोलुंगे पुल
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » शिक्षक बिद्यार्थीलाई ईन्टरनेट प्याकेजसहित निशुल्क सीमकार्ड
    वालिङ् नगरपालिका

    शिक्षक बिद्यार्थीलाई ईन्टरनेट प्याकेजसहित निशुल्क सीमकार्ड

    Syangja SandeshBy Syangja SandeshJuly 28, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा, १३ साउन । वालिङ नगरपालिकाले यहाँ कार्यरत शिक्षक तथा विद्यार्थीलाई निशुल्क सीमकार्ड उपलब्ध गराएको छ ।
    नगरपालिका अन्र्तगत सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीगरी ७ हजार ५ सय जनालाई एक महिने ईन्टरनेट प्याकेज सहितको सीमकार्ड उपलब्ध गराएको हो। उनीहरुलाई नेपाल टेलिकम तथा एनसेलका सीमकार्ड दिइएको छ ।
    छपन्न वटा आधारभूत र १६ माध्यमिकगरी ७२ वटा बिद्यालय रहेको वालिङका ५ हजार नेपाल टेलिकमका र २ हजार ५ सय वटा एनसेलका सीमकार्ड बितरण गरीएको हो ।
    बढ्दो कोभिड संक्रमणका कारण घरमै बसेर पठनपाठन गर्नु गराउनु परेकाले शिक्षक तथा बिद्यार्थीलाई सीम सहितको इन्टरनेट आवश्यकता महसुसगरी उपलब्ध गराइएको पालिकाले जनाएको छ।
    संक्रमणका कारण विद्यालयमा भौतिकउपस्थितीमा अध्ययन अध्यापन गर्न गराउन नपाइएको बेला उनीहरुका अध्ययनलाई निरन्तरता दिन ईन्टरनेट सहितको सीमकार्ड उपलब्ध गराइएको नगरप्रमुख दिलिपप्रताप खाँणले जानकारी दिनुभयो ।
    नगरपालिकाले पनि यहाँका प्रधानाध्यापक तथा कम्प्युटर शिक्षकहरुलाई आईसिटीमा अनलाईन सम्बन्धी ज्ञान पनि दिएको छ। यहाँका १६ वटै माध्यमिक विद्यालयहरुमा कम्युटर, ल्यापटप, स्क्यानर, प्रिन्टर सहित ईन्टरनेट सेवा विस्तार भैसकेको प्रमुख खाँणको भनाई छ।
    आधारभूत तहतर्फ पहिलो चरणमा २४ वटा विद्यालयलाई कम्युटर र प्रिन्टर उपलब्ध गराएको छ । बाँकी रहेका ३२ वटा विद्यालयलाई यही साउन महिनाभित्रै टेण्डर गरी उपलब्ध गराउने तयारी भएको प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो ।
    पालिकाले बालविकास कक्षादेखि १० सम्मका ७ हजार ५ सय विद्यार्थीलाई उपयोगी हुने सिकाई सहजीकरण स्वअध्ययन सामग्री पनि उपलब्ध गराईसकेको शिक्षा शाखा प्रमुख बाबुराम सापकोटा भन्नुहुन्छ ्।
    नेपाल टेलिकम र एनसेल प्रालिका सीमकार्ड सहित एक महिनासम्म ईन्टरनेटको सुबिधा दिइएको हो। महिनापछि भने शिक्षक र विद्यार्थी आँफैले रिचार्ज गर्नुपर्नेछ। नगरका सबै ठाउँमा नेपाल टेलिकमका सेवा पहुँच सहज नभएकाले एनसेल सीमकार्ड पनि लिर्नैपर्ने आवश्यक छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    वालिङ नगरपालिकाद्धारा उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थी सहित सेवानिबृत्त शिक्षकलाई सम्मान

    November 19, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025

    डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

    October 31, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025

    पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई

    November 22, 2025

    शितला माविका विद्यार्थीलाई न्यानो कपडा

    November 21, 2025

    आँधीखोला गाउँपालिकामा उत्पादित दूध पोखरामा

    November 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025

    पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई

    November 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.