Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, November 26
    Trending
    • स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी
    • स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती
    • बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न
    • स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च
    • राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई
    • आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण
    • पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई
    • शितला माविका विद्यार्थीलाई न्यानो कपडा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशन
    समाचार

    व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशन

    Syangja SandeshBy Syangja SandeshFebruary 17, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं ५ फागुन । साझा प्रकाशनले व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशन गरेको छ । साझा प्रकाशनले नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरु सङ्ग्रहीत शब्दकोश प्रकाशन गरेको हो ।


    कोषकार प्राध्यापक नीलमणि ढुङ्गानाले नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरुको निर्माण कसरी भयो भन्ने बारेमा कोशमा उल्लेख गर्नुभएको छ । कोशमा धातुका प्रतिनिधि रुप र शब्द गरी ३५ हजार शब्द व्युत्पादित छन् भने २ हजार पारिभाषिक शब्द छन् । अहिलेसम्म नेपाली भाषामा यस किसिमको शब्दकोश प्रकाशित भएको छैन । यसमा प्रयोग भएका संस्कृतका शब्दहरु संस्कृत वाङ्मयमा बढी प्रचलित छन् । केही नेपाली वाङ्मयमा पनि प्रयोग गरिएका छन् । तिनलाई देवनागरिक लिपिको परम्पारगत वार्णिक प्रणालीका क्रममा अथ्र्याइएको छ ।


    शब्दहरुको प्रयोगस्थल निर्देश हेर्दा अधिकांश सूक्तिमय काव्यबाट लिइएको छ । यो शब्दकोश विद्यार्थी, प्राध्यापकका लागि मात्र नभई अन्वेषक, अनुसन्धाताका लागि अन्वेषणको माध्यम बनेको साझा प्रकाशनका सूचना अधिकारी भेषराज घिमिरेले जानकारी दिनुभयो । पूर्वसचिव एवं संस्कृत वाङ्मयका ज्ञाता कृष्ण ज्ञवालीले तत्सम शब्दहरुको निर्माण प्रक्रियाबारे शब्दकोशमा विस्तृत उल्लेख गरिएको बताउनुभयो ।


    यो कोष भाषाको क्षेत्रमा चासो राख्ने अध्येता, अनुसन्धाता र सरकारी कार्यालयहरुमा शुद्ध नेपाली शब्द राख्न रुचाउनेहरुका लागि अत्यन्तै उपयोगी भएको टिप्पणी गर्नुभयो । पूर्वसचिव ज्ञवालीले नेपाली भाषाबाहेक पनि किराँती, लिम्बू, मगर, गुरुङ, तामाङ भाषाहरुमा संस्कृत शब्दहरु प्रयोगमा ल्याइएकाले ती शब्दहरुलाई समेत समावेश गरी आगामी संस्करणमा प्रकाशन गर्न सुझाव दिनुभयो ।


    प्राध्यापक ढुङ्गानाले झन्डै १० वर्ष लगाएर तयार पारेको कोशमा सांस्कृतिक पक्ष, तीर्थस्थल, देवस्थल, वेदवेदाङ्ग, उपनिषद्, रामायण, महाभारत, दर्शन, पुराण, काव्यशास्त्र, योगशास्त्र, आयुर्वेद, कला, नीतिशास्त्र, विभिन्न सम्प्रदाय र तिनका विशेषता, वाङ्मयका विविध शाखा र विकासक्रम आदि समावेश छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    November 25, 2025

    स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च

    November 25, 2025

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    November 25, 2025

    स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च

    November 25, 2025

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    November 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.