Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, May 13
    Trending
    • स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
    • आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
    • पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
    • प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत
    • शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस
    • लायन्स क्लव अफ स्याङ्जा टाउनको आयोजनामा निशुल्क योग शिविर सुरु
    • खोपबहादुर गोदारको चौरासी पुजा शिवपार्वती बृद्धाश्रममा
    • कोल्माका बिद्यार्थीलाई पूर्वमन्त्री श्रेष्ठ र संस्थापक परिवार गुरुङद्धारा शैक्षिक सामाग्री प्रदान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » विरुवा गाँउपालिकाको अनियमितता बारे नेपाली काँग्रेसद्धारा ध्यानाकर्षण
    बिरुवा गाउँपालिका

    विरुवा गाँउपालिकाको अनियमितता बारे नेपाली काँग्रेसद्धारा ध्यानाकर्षण

    Syangja SandeshBy Syangja SandeshAugust 24, 2021Updated:August 24, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा  ८ भदौं । बिरुवा गाउँपालिकामा भएको आर्थिक अनियमितताका बारेमा नपाली काँग्रेस विरुवा गाँउपालिकाले ध्यानाकर्षण गराएको छ । सुशासन कायम गर्ने प्रतिबद्धता जनाएका जनप्रतिनिधिले नै आर्थिक अनियमिततामा गरेको भन्दै पालिकाका सभापति युवराज केसीले विज्ञप्ती मार्फत ध्यानाकर्षण गराउनुभएको हो ।
    कांग्रेस सभापती केसीद्धारा जारी विज्ञप्तीमा जन प्रतिनिधिहरूको संलग्नतामा आर्थिक अनियमितता गरेको, उपभोक्ता समितिसँग मिलोमितो र विभिन्न विकास योजनाहरुमा अपारदर्शीता अपनाएको जस्ता गुनासा आएको जनाइएको छ ।
    यसअघि पनि प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले अनियमितताका बारेमा प्रश्न उठाउदा समेत वेवास्ता गरिएको उल्लेख छ । पालिका भित्र भए गरेका कामहरुमा अपारदर्शिता र अनियमितता भए पछि सत्य तथ्य सार्वजानिक गर्नुपर्नेमा आफ्ना कमिकमजोरीहरुलाई ढाकछोप गरि नेपाली कांग्रेस विरुवाले उठाएका समसामयिक विषयवस्तु लाई गाउँपालिकाले राजनैतिक पूर्वाग्रहको संज्ञा दिई सत्यतथ्य लुकाउने प्रयास गरेको भनिएको छ ।

    विरुवा गाउपालिकाले पछिल्लो समयमा गरेका विकाश निर्माणका काममा भएका अनियमितता, कोभिड नियन्त्रणमा भएका आर्थिक अनियमितता, वडाका बाटाहरु ग्रावेल गर्ने नाममा २५ लाख विनियोजित गरि गरिएको अनियमितता, म्याङखोला पुल उद्घाटनमा भएको खर्च सार्वजानिक नगरिएको, भञ्ज्याङ विरुवा सडक खण्ड अन्तर्गत देउराली डाँडाको पहिरो नियन्त्रणमा चासो नदिइएको,  युवा स्वरोजगारको नाममा २० लाखको हलो वितरण गर्ने कार्यक्रम विना कार्यविधि वास्तविक किसानलाई नभई पार्टीका कार्यकर्तालाई वितरण गरिएको, सुन्तालाका बेर्ना बाड्ने कार्यक्रम अपारदर्शी ढंगबाट गरिएको विषयमा खोजी गरी तत्काल सार्वजानिक गर्न माग गर्दै २०७८ असार २८ गते गाँउपालिकालाई ज्ञापन पत्र बुझाइएको विज्ञप्तीमा छ ।

    विज्ञप्तीमा छ “आफ्नो कर्तव्यबाट पन्छिदै जनताको हक अधिकारलाई कुल्चदै गाउपालिकाले गरेका यस्ता अनियमितताका कामहरु प्रति हाम्रो घोर आपत्ति छ । ” गाउँपालिका भित्र भए गरेका आर्थिक अनियमितता एवम् अपारदर्शी कार्यहरुको सत्य तथ्य जानकारी गराउन जोडदार माग गर्दै सत्य, तथ्य विवरण सार्वजानिक नगरेको खण्डमा जुनसुकै कदम चाल्न नेपाली कांग्रेस विरुवा बाध्य हुने चेतावनी दिइएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बिद्यालय संचालन गर्न स्याङ्जाका २ गाउँपालिकाको आग्रह

    April 24, 2025

    राङखोला धोवादी सडक पक्की बनाउन ३ साता बन्द हुने

    March 19, 2025

    विश्वकप खेल्ने यु १९ का स्याङ्जाका खेलाडीलाई अर्जुनचौपारीले सम्मान गर्ने

    November 18, 2024

    पुरुष भलिबल प्रतियोगिताको उपाधी बिरुवा गाउँपालिकालाई

    October 22, 2024

    वीपी जयन्ती पारेर वेसहारा महिलाका लागि आवासिय घरको शिलान्यास

    September 9, 2024

    कांग्रेस नेता एवं पूर्वमन्त्री धनराजद्धारा बालक रोशनको अभिभावकत्व ग्रहण

    August 8, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025

    प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत

    May 11, 2025

    शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस

    May 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.