Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, November 12
    Trending
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    • साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा
    • काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » विपद ब्यवस्थापनको पूर्व तयारीमा वालिङ
    समाचार

    विपद ब्यवस्थापनको पूर्व तयारीमा वालिङ

    Syangja SandeshBy Syangja SandeshJune 12, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २९ जेठ । विपदका कारण हुनसक्ने जनधनको क्षतिलाई न्यूनिकरण गर्नका लागि वालिङ नगरपालिकाले पूर्व तयारी थालेको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिरहेको कोभिड १९ को पहिलो र दोस्रो लहरको ब्यवस्थापनमा सक्रिय रहेको नगरपालिकाले जलबायु परिवर्तनका कारण हुनसक्ने संभावित क्षतिको न्यूनिकरणका लागि आवश्यक तयारीमा जुटेको हो ।

    नगर प्रमुख दिलीपप्रताप खाँणको अध्यक्षतामा बसेको बैठकले वर्षात्का समयमा बाढी, पहिरोका कारण हुनसक्ने जनधनको क्षति न्यूनिकरणलाई मध्यनजर गर्दै आवश्यक तयारी गर्ने निर्णय भएको हो ।

    गतवर्षभन्दा यसवर्ष पानी धेरै आउने जल तथा मौसमविदहरुले पूर्वानुमान गरे अनुसार वालिङमा बाढी तथा पहिरो गई क्षति हुनसक्ने भएकाले जोखिमयुक्त बस्तीलाई विशेष ख्याल गर्ने बैठकले निर्णय गरेको छ । जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्ने, विपद न्यूनिकरणका लागि समयमै उद्धार गर्ने कार्यकालागि आवश्यक उपकरणहरुको खरीद गरी उद्धार कार्यलाई छिटो छरितो गराउने निर्णय भएको एवं नगरस्तरीय विपद ब्यवस्थापन समितिका संयोजक समेत रहनु भएको खाँणले जानकारी दिनुभयो ।

    वालिङ नगरभित्रका मनसुनजन्य विपदमा परी विभिन्न घरहरु भत्किने र पुर्नस्थापना तथा प्रबलीकरण गर्नपर्ने घरहरुको लागि नेपाल सरकारको ५५ प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र स्थानीय सरकारको १५ प्रतिशत रकम बेहोर्ने ब्यवस्था भए बमोजिम वालिङ नगरपालिकामा स्वीकृत भई आएका घरहरुका लागि नगरपालिकाको तर्फबाट रकम जम्मा गर्ने निर्णय भएको छ ।

    images

    वालिङ नगरपालिकाभित्र गतवर्षको असारदेखिको वर्षाका कारण आएको पहिरो तथा बाढीका कारण पुर्नस्थापना गर्नुपर्ने घर संख्या ६३, प्रबलीकरण गर्नुपर्ने घर संख्या ८७ र पुनर्निर्माण गर्नुपर्ने घर संख्या ३६ रहेका छन् ।

    त्यस्तैगरी वालिङ नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा रकम तथा जिन्सी सहयोग गर्ने, सवारी साधनहरु उपलब्ध गराउने, स्वयंसेवकको रुपमा कार्य गर्ने सहयोगी संघ संस्था तथा ब्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025

    साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा

    November 10, 2025

    काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई

    November 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025

    साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा

    November 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.