Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, November 14
    Trending
    • हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम
    • मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण
    • प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
    • चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन
    • कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया
    • संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » विद्युत प्राधिकरण निर्देशकमा फेरि कुलमान नियुक्त
    समाचार

    विद्युत प्राधिकरण निर्देशकमा फेरि कुलमान नियुक्त

    Syangja SandeshBy Syangja SandeshAugust 11, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ, २७ साउन । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनुभएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशक नियुक्त हुनुभएको हो ।


    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार घिसिङलाई चार वर्षका लागि नियुक्त गरिएको छ । यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक रहनुभएका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा कार्यादेशसहित विशिष्ठ श्रेणीको पूर्णकालीन सदस्यका रुपमा नियुक्त गरिएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने र शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय गरेको थियो । विशिष्ठ श्रेणीको व्यक्तिका लागि आर्थिक दायित्व पर्ने भएकाले अर्थमन्त्रालयबाट स्वीकृति लिनुपर्ने भएकाले नियुक्तिका विषयमा सार्वजनिक गरिएको थिएन ।

    गत भदौमा कार्यकाल सकिएपछि नागरिकस्तरबाट घिसिङको पुनः नियुक्तिका लागि आग्रह गरिए पनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले उहाँलाई अवकाश दिएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको ऊर्जा क्षेत्रमा चमत्कारिक परिवर्तन गर्ने लक्ष्यका साथ घिसिङलाई जिम्मेवारी दिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ ।

    चरम लोडसेडिङ भइरहेको बेला तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले घिसिङलाई पहिलो पटक कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

    सञ्चित घाटा रु २८ अर्ब रहेको प्राधिकरणलाई नाफामा लगेको र लोडसेडिङ पूर्ण रुपमा अन्त्य गरी उज्यालो नेपाल निर्माणका लागि योगदान गरेका कारण घिसिङलाई आम नेपालीले श्रद्धाका साथ हेर्ने गरेका छन् ।

    दुरुहपूर्ण अवस्थामा पुगेको प्राधिकरणलाई सबल र सक्षम संस्थाका रुपमा विकास गरेको तथा रुग्ण भएका आयोजनालाई सम्पन्न गरेका कारण घिसिङलाई पुनः नियुक्तिको माग हुँदै आएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम

    November 14, 2025

    मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण

    November 14, 2025

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम

    November 14, 2025

    मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण

    November 14, 2025

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम

    November 14, 2025

    मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण

    November 14, 2025

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.