स्याङ्जा, २४ असोज । वालिङ नगरपालिकामा जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ। अन्य १७ जना घाईते भएका छन्।
र्दुघटनामा परी मृत्यु हुनेमा गल्याङ नगरपालिका १० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीय गंगा पल्ली रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
घाईते दुईको वालिङको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो। घाईते मध्ये १४ जना यात्रु र जीप चालकको अवस्था सामान्य रहेको प्रवक्ता अधिकारीले जानकारी दिए।
ती मध्ये ६ जनाको थप उपचारका लागि पोखरा रिफर गरिएको छ। अरु ९ जना मध्ये २ गल्याङ अस्पताल र ७ जना वालिङ् प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत छन्।
वालिङबाट लाखुडाँडातर्फ जाँदै गरेको ग १ ज ४९१८ नम्बरको जीप आइतबार साँझ ७ बजे वालिङ नगरपालिका १० मदिखोलामा दुर्घटना हुँदा १९ जना घाईते भएको प्रहरीले जनाएको छ।
जीप सडकदेखि करिव ५० मिटर तल खसेको र दुर्घटनाका कारण बारे अनुसन्धान सुरु भैसकेको प्रहरीको भनाई छ।
जिपमा सवार गल्याङ नगरपालिका १० का ४ वर्षीया करिष्मा थापा, २६ महिनाकी अर्चल बिक, २५ वर्षीय रामबहादुर पल्ली, ३ वर्षीय किरण पल्ली, २४ वर्षीया तिर्सना विक, ५५ वर्षीय रामबहादुर पल्ली, २२ वर्षीया विष्णु थापा, २७ वर्षीय अर्जुन थापा, ६० वर्षीया हुमा पल्ली, ५६ वर्षीया रीता गाहा, २ वर्षीय एञ्जल गाहा, २२ वर्षीया पूष्पा पल्ली, ५५ वर्षीया भीमकुमारी पल्ली, ३ वर्षीया यमना पल्ली, ५५ वर्षीया लीलाकुमारी पल्ली, वालिङ नगरपालिका १० बझाकोटकी २४ वर्षीया सपना थापा, २ वर्षीय नवीन थापा घाईते भएका छन् ।
Monday, December 15
Trending
- रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
- ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
- नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
- बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
- पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
- पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
