Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 31
    Trending
    • काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित
    • हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण
    • पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट
    • खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न
    • मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन
    • पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ्मा कात्तिक १९ गते सप्तक संगीत दिपावली साँझ हुने
    वालिङ् नगरपालिका

    वालिङ्मा कात्तिक १९ गते सप्तक संगीत दिपावली साँझ हुने

    Syangja SandeshBy Syangja SandeshNovember 3, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    वालिङ, १७ कात्तिक । नेपालीहरुको दोस्रो ठुलो पर्व शुभ दिपावलीका अवसरमा स्याङ्जाको वालिङमा दिपावली साँझ हुने भएको हो।
    सप्तक संगीत सांस्कृतिक केन्द्र वालिङले दिपावलीको पुर्व सन्ध्यामा सप्तक संगीत दिपावली साँझ २०७८ को आयोजना गरेको हो । संगीत साँझको आयोजना बारे जानकारी दिन बुधबार केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

    कोभिडले थलिएको संगीत क्षेत्र र सुस्ताएका दर्शकमाँझ उत्साह जगाउने प्रयास स्वरुप दिपावली साँझको आयोजना गरिएको केन्द्रका अध्यक्ष देवराज गैह्रेले जानकारी दिनुभयो । संगीत र संस्कृति सम्बन्धी प्रशिक्षण केन्द्रको रुपामा यही बैसाखमा स्थापित केन्द्रले कला, संगीत र नृत्यको प्रशिक्षण दिँदै आईरहेको छ । लामो समय बुटवलमा संगीत पाठशाला सञ्चालन गर्नुभएका गैह्रेले स्याङ्जामै नमुना संगीत प्रशिक्षण केन्द्रको स्थापना गर्नुभएको छ ।
    संगीत साँझको वालिङ् नगरप्रमुख दिलिपप्रताप खाँणले उदघाटन गर्नुहुनेछ। कार्यक्रममा आधुनिक गायक रुपक डोटेल, कमेडियन मेक्सम गौँडेल, नृत्यकार अस्मिता रनपाल र स्थानीय कलाकारको प्रत्यक्ष प्रस्तुति रहने बताइएको छ । यहि कार्तिक १९ गते शुक्रवार साँझ साढे ६ बजेदेखि १० बजेसम्म आयोजना हुँने साँझमा स्थानीय कलाकार र केन्द्रका विद्यार्थीहरु समेत सहभागी हुने भएका छन्।

    कार्यक्रममा २ सय जना भन्दा बढी दर्शक सहभागी हुने र झण्डै ५ लाख खर्च हुने आयोजकको अनुमान छ । साथै उक्त दिन आजिवन संगीत क्षेत्रमा बिताउनुभएका गायन र नृत्य क्षेत्रबाट गरी १÷१ जना सर्जकहरुलाई नगदले सम्मान गर्ने कार्यक्रम रहेको केन्द्रका अध्यक्ष गैह्रेले जानकारी दिनुभयो ।
    कार्यक्रमा खर्च कटाएर उठेको नाफाको १० प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्ने, संगीत कोष स्थापना गर्ने र कोषबाट आर्थिक रुपमा कमजोर भएका तर संगीतमा रुची भएकाहरुको प्रोत्साहन गरिने केन्द्रका अध्यक्ष गैह्रेले बताउनुभयो ।
    कार्यक्रममा पत्रकार महासंघका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्माले जिल्लामा संगीत पाठशालाको स्थापना गरी संगीत क्षेत्रमा थप अगाडि बढ्न चाहेका प्रतिभाहरुको उजागर गर्न मद्दत पुग्ने बताउनुभयो । कला, संस्कृतीको धनी जिल्लामा संगीत कक्षालय संचालन गरिनु सुखद पक्ष रहेको बताउदै यस्ता रचनात्मक र पुनित कार्यमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, उपाध्यक्ष भवानी अधिकारी, कोषाध्यक्ष रमेश गोदार, पत्रकारहरु एसिबशरण महत, टिकाराम अधिकारी लगायतले कार्यक्रम सफलताको कामना सहित आफ्ना जिज्ञासा राख्नुभएको थियो ।
    कार्यक्रमको सहजीकरण लोकप्रिय गायक अर्जुन गैह्रेले गर्नुभएको थियो । करिब २ वर्षदेखि ठप्प रहेका क्षेत्रमा उर्जा थप्नका लागी यस कार्यक्रमले सहयोग पुग्ने कलाकार अर्जुन गैह्रेले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित

    October 30, 2025

    हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण

    October 30, 2025

    पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट

    October 30, 2025

    खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न

    October 25, 2025

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित

    October 30, 2025

    हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण

    October 30, 2025

    पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट

    October 30, 2025

    खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न

    October 25, 2025

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित

    October 30, 2025

    हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण

    October 30, 2025

    पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट

    October 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.