Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 20
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङमा हरित पुनःउत्थान प्रवद्र्धन परियोजना शुरु
    वालिङ् नगरपालिका

    वालिङमा हरित पुनःउत्थान प्रवद्र्धन परियोजना शुरु

    Syangja SandeshBy Syangja SandeshJuly 27, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    वालिङ, १२ साउन । सफा तथा स्वच्छ शहरकालागि वालिङ नगरपालिकाभित्रको फोहोरमैला ब्यवस्थापन परियोजना शुरु भएको छ ।

    संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएडिपी) र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको सहजीकरणमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामार्फत हरित पुनःउत्थान प्रवद्र्धन परियोजनाको शुरुआत भएको हो ।

    परियोजनाले विशेष गरी कोभिड १९ बाट प्रभावित भई रोजगारी गुमाएकाहरुलाई ‘पोष्ट कोभिड’ कार्यक्रम अन्तर्गत सहजीकरण गर्ने, उद्यमशीलता, ब्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्रमार्फत नवउद्यमी एवं परियोजनाका लाभग्राहीहरुलाई दीगोरुपमा उद्यमशीलताका क्षेत्रमा टिकाई राख्नका लागि दीर्घकालीन योजना निर्माण गर्ने उद्देश्य रहेको सहकारी संस्थाका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिनुभयो ।

    ब्यवसायिक योजना निर्माण गर्ने, मेन्टर, रोस्टर सहजीकरण, संस्थागत ब्यवस्थापनमा समन्वय र सहयोग, आर्थिक वचत तथा लगानीको संरक्षण गरी आर्थिक बृद्धि गर्ने कार्यमा सहजीकरण परियोजनाले गर्ने अध्यक्ष गुरुङले बताउनुभयो ।

    फोहोरमैला ब्यवस्थापन केन्द्रमा प्लाष्टिक पुनः प्रयोग गर्ने, प्लाष्टिकका दाना बनाउने मेसिनद्वारा कार्य आरम्भ गर्ने, बायोग्याँस प्लान्ट बनाउने, प्राङ्गारिक बिनहरु एक हजार ब्यक्तिलाई वितरण गर्ने, ग्रिनपार्क निर्माण गर्ने, सडकका छेउछाउ तथा बीच भागमा बृक्षारोपण गर्ने परियोजनाको उद्देश्य रहेको छ ।

    उत्पादित बस्तुहरुको बजारीकरण गर्ने, हाटबजार सञ्चालन गर्ने, बीउ बिजन वितरण गर्ने, अर्गानिक खेती र यसको उत्पादन तथा बजारीकरणको काम गर्ने, वडा÷वडामा कलेक्सन सेन्टर सञ्चालन गर्ने, कुहिने र नकुहिने फोहोरलाई सोही अनुरुप ब्यवस्थापनलाई थप प्रभावकारी बनाई आर्थिक उपार्जनका कार्य गर्नमा सहयोग गर्ने, माग र आवश्यकताका आधारमा तालीम, प्रशिक्षण तथा अनुगमन गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

    झण्डै १० महिना सञ्चालन हुने परियोजनाले फोहोरमैला आर्थिक उपार्जनको गतिलो स्रोत रहेको नागरिकलाई जानकारी गराउँदै यसको उचित ब्यवस्थापनमा जोड दिने नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

    “परियोजनामार्फत १२५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य रहेको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “जसका लागि कोभिड १९ बाट प्रभावित भई रोजगारी गुमाएका ब्यक्ति तथा उनका परिवार, जोखिममा रहेका समूह र विशेष गरी महिलाहरुलाई प्राथमिकतामा राखिएको छ ।”

    २६० जनालाई गड्यौला मल बनाउने तालीम, २६० जनालाई गड्यौला मल बनाउने बिन वितरण र २६० जनालाई अर्गानिक फर्ममा तालीम प्रदान गर्ने परियोजनाको लक्ष्य छ ।

    यस परियोजनाले लक्षित वर्गलाई रोजगारीको अवसर सिर्जना गर्नुको साथै फोहोरको ब्यवस्थापन स्रोतबाट नै शुरु हुनुपर्छ भन्ने अवधारणालाई प्रवद्र्धन गर्ने रहेको छ ।

    घर, उद्योग, ब्यवसाय तथा संघ संस्थामा फोहोर वर्गीकरण गर्ने प्रणालीको विकास गर्ने उद्देश्यले फोहोरमैला ब्यवस्थापनमा अपनाईने प्रक्रियाहरु सङ्कलन, वर्गीकरण तथा विसर्जनमा लक्षित वर्गलाई सहभागी गराई रोजगारीको अवसर सिर्जना गर्ने रहेको नगर प्रमुख खाँणले बताउनुभयो ।

    परियोजनाका लागि वालिङ नगरपालिकाको रु. तीन करोड १५ लाख ५६ हजार ६५, र युनडिपीको रु. एक करोड ६३ लाख ७४ हजार गरी कूल रु. चार करोड ९२ लाख १३ हजार १०७ लागत रहेको छ ।

    पहिलो वर्षमा परियोजनामार्फत फोहोरमैला ब्यवस्थापनको जोखिमपूर्ण कार्यहरुमा संलग्न करीव एकहजार जनालाई लक्षित गर्दै सुरक्षित तथा ब्यवस्थित तरिकाले फोहोर सङ्कलन, वर्गीकरण, पुनःप्रयोग र विसर्जन गर्ने सीप सिकाई रोजगारीको अवसर प्रदान गर्ने दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिनुभयो ।

    परियोजनाले ब्यवस्थित फोहोर सङ्कलन तथा फोहोर प्रशोधन केन्द्र स्थापनार्थ नगरपालिकालाई आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्ने दियालो संस्थाका अध्यक्ष तिवारीले बताउनुभयो । युएनडिपीले नगरपालिकालाई कोभिड १९ पश्चात हरित पुनःस्थापनसम्बन्धी योजनाको निर्माण र कार्यान्वयन गर्न टेवा पु¥याउने छ ।

    “यस परियोजनाको सफल कार्यान्वयनका लागि स्थानीय संघ संस्था, समुदाय र निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्छौं” दियालोका अध्यक्ष तिवारीले भन्नुभयो, “जसले गर्दा स्थानीय स्वामित्वमा फोहोरमैलाको ब्यवस्थापन भई थप ब्यवस्थित र दीगो हुनेछ ।”

    परियोजनाको शुरुवातका गर्ने क्रममा आगामी कार्यक्रमकाबारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलन सहकारीका अध्यक्ष यामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भूपराज बगालेले र स्वागत उपाध्यक्ष नेत्रप्रसाद सुबेदीले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.