Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, May 21
    Trending
    • जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
    • नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
    • अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
    • गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
    • महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
    • बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङमा एक हप्ते हाते ट्याक्टर मर्मत तालिम शुरु
    वालिङ् नगरपालिका

    वालिङमा एक हप्ते हाते ट्याक्टर मर्मत तालिम शुरु

    Syangja SandeshBy Syangja SandeshDecember 27, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १२ पुस । वालिङमा हाते ट्याक्टर मर्मत तालिम शुरु भएको छ । तालिमको शुभारम्भ गर्दै वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले आधुनिक प्रविधिको अधिकतम प्रयोगले उत्पादन बढाउन सकिने बताउनु भयो । उहाँले भन्नुभयो,‘अव कृषकहरुले जमना अनुशारको प्रविधिको प्रयोग गर्नु पर्दछ ।’ कृषकहरुलाई खनजोतको लागि सहज गराउन हाते ट्याक्टर बितिरण गरिरहेको जानकारी गराउदै नगरप्रमुख खाँणले यसको सहि समयमा मर्मत र स्याहार नहुँदा छिट्टै प्रयोगहिन हुने अवस्थामा पुग्ने गरेको बताउनु भयो ।
    नगर प्रमुख खाँणले कृषि कामका लागि गाँउगाँउ पुर्याईएको हाते ट्याक्टर गाँउमा नै मर्मत गर्न सक्षम बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सानो मर्मतका लागि बजारसम्म ल्याई पुर्याउदा कृषकहरुलाई घाटा हुन पुग्यो त्यसैले गाँउगाँउमा नै ट्याक्टर चलाउन सक्ने व्यक्ति तयार गर्दैछौं ।
    कार्यक्रममा बोल्दै युएनडिपी नेपालका गण्डकी तथा लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले हाते ट्याक्टर चलाउन मात्रै नभई घर गाँउमा नै सामान्य मर्मत गर्न जान्दा मात्रै पनि ठुलो रकमको बचत हुने धारणा राख्नुभयो ।
    प्रविधिको प्रयोगले वातावारण संरक्षणको आयामलाई बिर्सन नहुने भन्दै अर्यालले गाँउगाँउमा बिग्रिएर बसेका हाते ट्याक्टरहरु तालिम पश्चात प्रयोगमा आउने बिश्वास व्यक्त गर्नु भयो ।
    दीगो बिकासको लक्ष प्राप्तीका लागि सबैले काम गर्नु पर्ने बताउदै अर्यालले ‘कसैलाई पनि पछाडि नछाडौं’ भन्ने नारालाई सार्थक बनाउनु पर्ने भनाई राख्नुभयो ।
    सीप सिकाउन र सफल उद्यमी बनाउनका लागि नगरपालिकाको सहकार्यमा उद्यमशीलता,व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईविक सञ्चालनमा आएको भन्दै अर्यालले यसबाट सबैलाई फाईदा लिन आग्रह गर्नुभयो ।
    कृषकको माग र आवश्यक्ताका आधारमा हाते ट्याक्टर मर्मत तालिम राखिएको भन्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नु भयो ।
    कार्यक्रममा वालिङ नगरपालिका कृषि शाखाका निमित्त प्रमुख केश बहादुर थापाले तालिम पश्चात गाँउगाँउमा त्यसै फालिएका ट्याक्टरहरु प्रयोगमा आउने बिश्वास व्यक्त गर्नु भयो ।
    वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत पावरटिगरिएकालर हाते ट्याक्टर मर्मत संवन्धी तालिम शुरु भएको हो ।
    तालिममा वालिङ नगरपालिकाका १४ वटै वडाका ५० जना युवा कृषक तथा उद्यमीहरुको सहभागिता रहेको छ । सात दिने तालिम दुई सिफ्टमा सञ्चालन हुने परियोजना प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    May 4, 2025

    स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण

    May 4, 2025

    बोलेर भन्दा काम गरेर नतिजा देखाउन उपप्रधानमन्त्री श्रेष्ठको सुझाव

    April 30, 2025

    वालिङ साना शहरी खानेपानी संस्थाको अध्यक्षमा पुनः विद्या श्रेष्ठ निवार्चित

    April 25, 2025

    व्यवहार परिवर्तनका लागि महिलालाई ‘हेफर आधारशिला’

    April 24, 2025

    बाख्रा बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ

    April 23, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.