Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 21
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लोकतन्त्रको मुल मर्म निर्वाचन — पुर्वमन्त्रि पद्मा अर्याल
    वालिङ् नगरपालिका

    लोकतन्त्रको मुल मर्म निर्वाचन — पुर्वमन्त्रि पद्मा अर्याल

    Syangja SandeshBy Syangja SandeshJanuary 24, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० माघ । नेकपा एमाले केन्द्रिय सचिव, पुर्व मन्त्रि तथा संघिय सांसद पद्मा अर्यालले लोकतन्त्रको मुल मर्म निर्वाचन भएको बताउनुभएको छ ।

    प्रेस चौतारी नेपाल स्याङजाको पाँचौ अधिवेसनको उद्दघाटन गर्नुहुँदै सांसद अर्यालले अघिल्लो पटक भएका निर्वाचन यही संविधान अनुसार भएको भन्दै यस पटक संविधान संसोधन गरेर निर्वाचन गर्ने भन्ने विषयले गठबन्धनको सरकार निर्वाचनबाट भाग्न खाजेको बताउनुभयो । निर्वाचन पर सार्नु कानुनी प्रश्न होईन राजनितिक प्रश्न भएको भन्दै चुनावबाट विभिन्न पार्टीहरु असुरक्षित महशुस गरेको उहाँको भनाई छ । यही बैखाख मसान्तमा स्थानीय सरकारको समयअवधि सकिने भन्दै चुनावलाई धकेल्नु भनेको देशलाई संकटमा पार्नु भएको भन्दै स्थानीय चुनाव पछि सार्दा जनता मर्कामा पर्ने उहाँले बताउनुभयो । साथै उहाँले समाजलाई सूसुचित बनाउने सञ्चार माध्यम तथा पत्रकारहरु स्वतन्त्र हुनुपर्ने बताउनुभएको छ । पछिल्लो समय पत्रकारितामाथि प्रश्न उठिरहेको भन्दै पत्रकारिता क्षेत्रलाई परिर्वतित समय अनुसार परिर्माजन हुन आवश्यक रहेको बताउनुभयो ।

    कार्यक्रममा प्रदेश सांसद मोहन रेग्मी, एमाले जिल्ला अध्यक्ष पारस गैह्रे, प्रेस चौतारी गण्डकी प्रदेश अध्यक्ष सुष्मा पौडेल, पे्रस चौतारी केन्द्रिय सदस्य हिमलाल पराजुली, नेपाली कागे्रैस जिल्ला उपसभापति केदार काफ्ले, एमाले नगर कमिटि अध्यक्ष शोभाकान्त पौडेल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष रमेश अर्याल, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष राधाकृष्ण डुम्रे लगायतको शुभकामना मन्तव्य राख्नुभएको थियो ।


    यसैबीच पाँचौं जिल्ला अधिवेसनले हरिप्रसाद सुवेदी ९सुशिल० को अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ । सुवेदीको अध्यक्षतामा दुई सदस्यीय पछि थप गर्ने गरी १९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा मणिप्रसाद अर्याल र कला राना, सचिवमा जिवन अर्याल, कोषाध्यक्षमा माधव गैह्रे, सहसचिव द्धोयमा सुनिल न्यौपाने र राधाकृष्ण शर्मा रहुनभएको छ भने सदस्यहरुमा मोहन सुनार, हरि अर्याल, पुर्णिमा नेपाली, अनिता गौतम, नारायण चापागाई, माधवप्रसाद रेग्मी, सविन लामिछाने, द्रवेन्द्रदेव खनाल, र नारायणप्रसाद कोईराला रहनुभएको छ ।


    कार्यक्रममा चौतारीका संस्थापक अध्यक्ष राजेन्द्र डुम्रे, पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य हिमलाल पराजुली, कला राना, मोहन सुनार र सुनिल न्यौपानेलाई नगद र सम्मान पत्रले सम्मान गरिएको हो । अध्यक्ष मुक्ति न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य गोपाल जिटिको स्वागत र सहसंयोजक शुसिल सुवेदी सञ्चालन गर्नुभएको थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.