रुपन्देही २४ असोज । लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रीपरिषद् विस्तार गरेपछि नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराउनुभएको हो। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री वसिउद्दिन खाँले सपथ ग्रहण गर्नुभएको हो ।स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्री बन्नुभएका तिलकराम शर्मा, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विक, स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीले पनि शपथ ग्रहण गर्नुभएको छ ।
यसअघि माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादीको गठबन्धनको सरकार बनेको थियो ।१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, काँग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । गठबन्धनमा भागबन्डा मिलाउन ६ वटा मन्त्रालय थप गरि १३ वटा मन्त्रालय पु¥याईएको हो ।