काठमाण्डौं २८ साउन । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले ७ सदस्यीय मन्त्रिमण्डल विस्तार ug'{भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसी सहित सात सदस्यीय मन्त्रिपरिषद्मा ग्रामीण तथा शहरी विकासमन्त्रीका रूपमा डिल्ली चौधरी, आर्थिक मामिला तथा योजना मन्त्रीकामा कृष्णध्वज खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीकामा सहसराम यादवले सपथ लिनुभएको छ ।
अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेङ्गाले विनाविभागीय मन्त्रीकामा सपथ लिनुभएको छ । विभागीय मन्त्रीले आजैदेखि कार्यभार सम्हाल्ने जनाइएको छ ।
काङ्ग्रेसका चौधरी र माओवादीका कृष्णध्वज खड्का र जनता समाजवादी पार्टीका सहषराम यादव मन्त्री हुनुभएको हो । जनता समाजवादीका तर्फबाट ढेङ्गा र रायमाझीले मन्त्री पद पाउनुभएको हो । स्वतन्त्र सांसद शाहीले पनि मन्त्रीको शपथ गर्नुभएको छ ।
गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका ६ जना मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ ग्रहण गराउनुभएको हो ।