स्याङ्जा १० भदौ । बुटवलबाट पोखरातर्फ जादै गरेको बस वालिङ्मा चेकजाँच गर्ने क्रममा औषध सहित २ जना पक्राउ परेका छन ।
कास्की पोखरा महनगरपालिका बस्ने ३४ बर्षिय सुवास गुरुङ र २२ बर्षिय दिनेश सिंह लागु औषध सहित पक्राउ परेको प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
सिद्दार्थ राजमार्गमा खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा लु २ ख ५८४ नम्बरको बसमा सवार उनीहरुबाट अवैध लागुऔषध फेला परेको जनाउदै नियन्त्रणमा लिएकोे छ ।
उनीहरुको साथबाट डाईजेपाम १९ एम्पुल, फेनरागन २० एम्पुल, नोर्फिम २१ एम्पुल फेला परेको प्रहरीले जनाएको छ। अदालतले म्याद बढाई थपअनुसन्धान जारी रहेको बताइएको छ ।