Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, May 16
    Trending
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    • पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न
    • स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु
    • फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना
    • स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
    • आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
    • पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लागुऔषधको ट्रान्जिट बन्यो सिद्धार्थ राजमार्ग
    समाचार

    लागुऔषधको ट्रान्जिट बन्यो सिद्धार्थ राजमार्ग

    Bhawani AdhikariBy Bhawani AdhikariSeptember 21, 2021No Comments7 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    भवानी अधिकारी÷स्याङ्जा
    भदौको पहिलो साता लागु औषध सहित २ युवा पक्राउ परे। वालिङ् नगरपालिकाका १९ बर्षे नरेन्द्र रनपाल र ब्यास नगरपालिकाका २७ बर्षे शिव परियार रहेको प्रहरीले जानकारी गरायो।
    रनपाल स्याङ्जाका हुन भने परियार तनहुँका। उनीहरु दुबैजना लागु औषध सहित वालिङ्बाट भदौ ४ गते र ५ गते पक्राउ परेका हुन। रनपालले बोकेको झोलामा डाईजेपाम २१ एम्पुल, नोफिम १९ एम्पुल र फेनारेगन २० एम्पुल र सुकेको गाँजा २५ ग्राम लागु औषध भेटिएको हो।
    यसैगरी, परियारबाट पनि डाईजेपाम १६ एम्पुल, नोफिन १७ एम्पुल र फेनरागन १७ एम्पुल फेला परेको प्रहरीले जानकारी गरायो।
    यसैगरी, साउनमा पनि पुतलीबजारमा २ युवा लागु औषध सहित पक्राउ परेका थिए। पुतलीबजार नगरपालिकाका २५ वर्षीय दिवस गुरुङ र आँधीखोला गाउँपालिकाका २२ वर्षीय अमुल परियारलाई पक्राउ परेका हुन। उनीहरु दुबै जना स्याङ्जाकै हुन। उनीहरुका साथबाट पनि यिनै प्रकृतिका लागु औषध भेटिए।
    शंकाष्पद अवस्थामा भेटिएका उनीहरुलाई सोधपुछ गर्दा लागू औषध सेवा गर्ने र बताएपछि उनीहरुका घरमा खोजतलासी गर्दा सुत्ने कोठामा राखेको व्यागमा दुईदुई एमएलको लागू औषध बुफ्रेनोर्फिन २८ एमपुल, डाईजेपाम २८ थान, फेनरागन २८ एम्पुल गरी ८४ एम्पुल र आगू औषध गाँजा ५ ग्राम, सिरिन्ज भेटिएको प्रहरी जनाएको छ।
    यी त केबल प्रतिनिधी पात्र हुन। यिनीहरु जस्तै धेरै युवाहरु लागु औषध सहित प्रहरीले पक्राउ गरेको छ। केही बर्ष पहिला पनि धेरै ठूला मात्रामा लागु औषध पक्राउ पर्ने गरेको बताइएको छ। किलोको मात्रामा लागु औषध पक्रेको जानकारहरु बताउछन्। लागु औषध सेवन र ओसारपसारमा युवाको संख्या बढी छ। अधिकांशलाई यात्राका क्रममा सवारी साधनमा पक्राउ गर्ने गरिएको छ। स्याङ्जा खण्ड घुम्ति नै घुम्ति भएको घुमाउरो र सुरक्षित छ। यस मार्गमा अत्यन्त कम दुर्घटना हुन्छ। सवारी चाप पनि कम छ।
    लागू पदार्थ ओसारपसार भईरहेको भनी प्रहरीलाई दिइएको सूचनाको आधारमा ती युवाहरु पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार ‘यिनीहरुले नेपाल—भारत सिमा नाकाबाट लागु औषध ओसार पसार तथा सेवनका लागी ल्याउछन्, अधिकांशले नवरपरासी, भैरहवा, सुनवल हुदै ल्याउने गरेका छन्।’
    यि त केवल पक्राउ परेका तथ्यांक मात्र हुन। यी बाहेक प्रहरीका आँखा छलेर लानेको संख्या पनि उत्तीकै हुनसक्ने अनुमान गर्न सकिन्छ। अधिकांश यस्ता घटनामा सुराकीकै आधारमा पक्राउ परेको प्रहरीको स्रोतले देखाउछ। प्रहरीलाई सुराकी दिने पनि यिनीहरुकै साथसंगतका ब्यक्ति बढी हुन्छन।


    सिद्धार्थ राजमार्ग अन्र्तगत सुनौलीदेखि — पोखरा लागुऔषध ओसारपासारको ट्रान्जिट बनेको छ। अधिकांश युवाहरु एकै प्रकृतीवाट लागु ओैषध ओसार पसारमा संलग्न देखिन्छन्। उनीहरुले पत्रिकाले बेरी टेपले — यापिङ्गरी सुरक्षित किसिमले ल्याउछन्। यसरी लागु औषधको ओसार पसारमा कम उमेरका युवकहरु पनि रहेका छन्।
    यी त केवल सुनौली, बुटवल भैरहवावाट ल्याउदै गर्दा स्याङ्जाभित्र लागु औषध सहित पक्राउ पर्नेको केही उदाहरणीय तथ्यांक मात्र हो। कतिपय अवस्थामा प्रहरीले सुराकीको आधारमा र कहिलेकाही चेकजाचका क्रममा पनि जिल्लाभित्रैका पनि पक्राउ गर्ने गरेको छ।
    पक्राउ परेका मध्ये ८० प्रतिशत १६ बर्षदेखि २४ बर्ष उमेरका छन्। पक्राउ पर्नेमा २ बर्षअघि १५ बर्षे नावालक र महिला पनि संलग्न देखिए। पक्राउ पर्ने मध्ये कतिपय आफै लागु औषधको दुब्र्यसनमा लागेका हुन्छन भने कतिपयले पोखरासम्म पुरयाउने काम गर्दे आएको जनाए।
    सुनौलीदेखि पोखरासम्मको सिद्धार्थ राजमार्ग खण्डको ८२ किलोमीटर स्याङ्जामा पर्छ। अधिकांश लागु औषधका रुपमा प्रयोग हुने गाँजा, चरेस, चरेश जस्तो कालो पदार्थ, खैरोहिरोइन, डाइजाफाम, फेनाडागन, नुफिन, लुपेजिष्टीक, डाइजोपाम, इन्जेक्सन, फेनारगन, नुरफिन, ट्राजोल लगायतका बस्तुहरु अधिकांश सवारी यात्राकै क्रममा नै भेटिने गरेका छन्।
    पोखरा — सुनौली (भारतीय सिमाना जोड्ने) मुलुककै पहिलो सिद्धार्थ राजमार्ग पछिल्लो समय लागुऔषध ओसारपसार गर्ने सजिलो मार्ग बनेको छ। लागुऔषध प्रयोगकर्ता र ओसारपसार गर्ने व्याक्ति पक्राउ पर्ने क्रम बढेको छ। लागु औषधमा संलग्न ठूला नाइके अहिलेसम्म पक्राउ पर्न त सकेका छैनन्। तर, स साना कलिला युवाहरु लागु औषधसहित पक्राउ पर्ने क्रम बढ्दो छ। पक्राउ पर्नेमा १५ बर्ष उमेरका (नाम गोप्य राखिएका) देखि ६० बर्षे चित्रबहादुर शाही सम्मका ब्यक्तिहरु लागु औषध कारोवारमा संलग्न देखिएको प्रहरीको तथ्यांकमा छ।
    प्रहरी कार्यालय स्याङ्जाको तथ्यांक
    जिल्ला प्रहरी कार्यालय स्याङ्जाको तथ्यांक अनुसार आर्थिक बर्ष २०६९÷७० मा २४ जना, २०७०÷०७१ २४ जना, २०७१÷०७२ मा २८ जना, ०७२÷०७३ मा २० जना र ०७३÷०७४ मा ३० जना, ०७४÷०७५ मा १४ जना पक्राउ परेर कानूनी कारवाही भोगेका छन्।
    यसैगरी, आर्थिक बर्ष ०७५÷०७६ मा १८ वटा मुद्धा दर्ताभई ३० जना पक्राउ परे। आर्थिक बर्ष ०७६÷०७७ मा २१ वटा मुद्धामा ३३ जना, ०७७÷०७८ मा २२ वटा मुद्धामा ३० जना पक्राउ परेको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार चालु आर्थिक बर्षको ३ महिनामा पनि ३ वटा मुद्धामा ४ जना प्रतिवादी पक्राउगरी कानूनी कारवाही भैरहेको छ।


    नागरिक समाजका अध्यक्षका भनाई
    सीमाबर्ति भारतीय बजार सुनौलीदेखि भैरहवा, बुटवलहुदै स्याङ्जा मार्फत पोखरा लगायत अन्य ठूला शहरमा समेत निर्यात गर्न सहज भएका कारण पनि लागु औषध ओसार पसारमा सिद्धार्थ राजमार्गको प्रयोग बढी हुने गरेको नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्माको भन्छन्।
    ‘काठमाण्डौ र पोखरा जस्ता ठूला र विकसित शहरमा लागु पदार्थका दुब्र्यसन र कारोबार बढी हुने भएकाले पनि स्याङ्जा र सिद्धार्थ राजमार्ग लागु औषध ओसार पसारका लागि उपयुक्त मार्ग बन्दै गएको’ शर्माको भनाई छ।
    गाँजाको कारोवार
    करिब ५ महिनाअघि बारा बैनौली गाउँपालिकाका २० वर्ष मिरहसन अन्सारी दुई केजी गाँजासहित पुतलीबजारमा पक्राउ परे। प्लास्टीकको बोरामा दुई केजी गाँजा बोकी हिडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
    यसैगरी, पुतलीबजार नगरपालिकाका ६० वर्षीय चित्रबहादुर शाहीले लुकाई छिपाई राखेको साढे ४ केजी गाँजासहित प्रहरीले पक्राउ ग¥यो। उनले घरमा लुकाएर गाँजा राखेको छ भन्ने सुराकी लगाइदिएपछि उनी पक्राउ परेका हुन।
    गाउँघरमा अझै पनि लुकिछिपी गाँजा खेती गरिन्छन। घरपालुवा जनावरका लागि औषधीमा प्रयोग गर्ने भन्दै गाँजा लगाउने गरिएको हो। कानूनः त अवैध मानिएको गाँजालाई चुरोटसंगै मिलाएर खाने गरिन्छन्। गाउँघरमा सहजरुपमा पाईने हुदाँ यसको प्रयोग पनि बढी हुने गरेको भेटिन्छन्।
    नियन्त्रणमा लिएका लागूऔषध कता छन् ?
    प्रहरीले पक्राउ गरेका लागुऔषध के गर्छन भनी आममानिसको चासो रहन्छ। अबैध तरिकाले छिटो धन कमाउन यसतर्फ लाग्ने गरेको सुन्न पाईन्छ। ठूला कारोवारीले स साना युवाहरुलाई यसतर्फ ठूलाठूला सपना देखाउदै प्रलोभनमा र्पाछन। अन्नतः तिनै निर्दोष युवाहरु फस्ने गरेका छन्। लागु औषधको सजाए कडा र निकै महंगो पनि छ। लागु औषध पक्राउपछि ग्रामका आधारमा दण्ड सजाए तोकिएका हुन्छन।
    स्याङ्जा प्रहरीका अनुसार ‘पक्राउ परेपछि ९० दिन अनुसन्धानमा राख्ने गरिन्छ। त्यसको ३ दिनभित्र नष्ट गर्नुपर्ने कानूनी प्रावधान छ। पक्राउ परेको पदार्थ मध्ये ३ ग्राम नमूना परिक्षणका लागि बिधि बिज्ञान प्रयोगशाला काठमाण्डौंमा पठाइन्छ। भने बाँकी पदार्थ नष्ट गर्ने गरिन्छ।’
    अदालत, प्रहरी प्रशासन र सरोकारवालाको रोहवरमा नष्ट गर्नेगरिएको प्रनाउ अधिकारीले जानकारी गराए।
    जीवन बाटिका अनुसार स्याङ्जाको अवस्था
    स्याङ्जा पनि लागु औषधको उच्च जोखिममा रहेको जीवन वाटिका नेपाल स्याङ्जाको तथ्यांकमा उल्लेख छ। लागु औषध र दुब्र्यसनीका क्षेत्रमा सचेतनामुलक काम गर्दे आएको बाटिकाले बर्षेनी लागु औषधका दुब्र्यसनीहरु बढ्दो क्रम रहेको जनाएको छ।
    स्याङ्जामा ४ सय ६ जना लागु औषध दुब्र्यसनी रहेको र ४० प्रतिशत भन्दा बढीले मादक पदार्थ सेवन गर्ने वाटिकाका अध्यक्ष नविन अर्यालले जानकारी गराए। लागु औषधतर्फ बिभिन्न प्रकारका औषध, गाजा, ट्याबलेट लगायत खानेगर्छन। विश्व स्वास्थ्य संगठनका अनुसार हप्ताको ३ दिन मादक पदार्थ सेवनकर्ता यस अन्र्तगत पर्दछन्।
    उनका अनुसार वाटिका मार्फत लागुऔषध दुब्र्यसनीमध्ये ८४ जनालाई उपचारका लागि पोखराका बिभिन्न पुनस्थापर्ना केन्द्रमा पठाइएको छ। ती मध्ये १२ बर्षेदेखि ६७ बर्ष उमेरका छन्। ती मध्ये २७ प्रतिशत महिला तथा बालिका छन।
    के हो लागूऔषध ?
    कुनैपनि औषधीको सेवन गर्दा मानिसको केन्द्रीय स्नायू प्रणालिमा प्रभाव पार्नुको साथै उसका भावनामा परिवर्तन ल्याउछ भने त्यसलाई लागु औषध भनिन्छ। लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार –
    (१) गााँजा,
    (२) औषधोपयोगी गााँजा,
    (३) अफीम,
    (४) तयारीको अफीम,
    (५) औषधोपयोगी अफीम,
    (६) कोकाको झार र पात लगायत
    नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचिप्रकाशितगरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागु औषध तथा मनोद्धपक पदार्थ (साइकोट्रपिक्स सब्स्टान्स) र तिनको लवण तथा अन्य पदार्थ समेत सम्झनु पर्छ।
    अब के गर्ने त ?
    स्याङ्जाका ११ वटै पालिकाले सचेतनामूलक कार्यक्रम गर्ने। जिल्लाभित्रका ५ वटा नगरपालिका र ६ वटा गाउँपालिकाले आ आफना पालिकामा पर्ने सबै तहका शिक्षक, बिद्यालय र अभिभावकलाई लागुऔषध सम्बन्धी प्रशिक्षण र यसबाट पर्ने नकारात्मक प्रभावका बारेमा जानकारी गराउने। पालिकाद्धारा आ आफना पालिका सुहाउदो, नियम, कानून बनाएर नियमन गर्नु र कडाईका साथ कार्यान्वयन गराउनुपर्छ । कुलतमा फस्न सक्ने संभावित ब्यक्ति पहिचानगरी तत्काल उ अनुकुलका काम तथा रोजगारको ब्यवस्था मिलाउने र कानूनी कारवाही र जटिलताका बारेमा प्रष्ट धारणा बसाईदिनुपर्छ। स साना बालबालिकादेखि नै अभिभावक र गुरुबर्गले नैतिक शिक्षा र असल आचरण सिकाउनुपर्छ ।राज्यले पनि बिना भेदभाव कानूनी कारवाहीमा कडाईपन र दण्ढ सजाएको उचित ब्यवस्था गरिनुपर्छ।


    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025

    स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु

    May 14, 2025

    फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना

    May 14, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025

    स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु

    May 14, 2025

    फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना

    May 14, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.