स्याङ्जा २६ भदौ । अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष प्रेम दंगालले राज्यले दिएका अनुदान वास्तविक किसानसम्म पुग्नु पर्ने बताउनुभयो । उहाले श्रमजीवी किसानका सम्मानका योगदानमा आधारित पेन्सनको ब्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
अखिल नेपाल किसान महासंघ स्याङ्जाकोे नवौं जिल्ला सम्मेलन तथा अधिवेशनको स्याङ्जा स्थित पाटी कार्यालयमा आयोजित कार्यक्रमको सम्मेलनको उदघाटन गर्दै उहाले हरेक राजनीतिक परिवर्तनमा किसानको योगदान उल्लेख्य रहेको स्मरण गराउनुभयो ।
हरेक आन्दोलनमा होमिएका हामी अव किसानको हक, अधिकार सुनिश्चितताका लागि सबै हामी सबै किसानहरु एकजुट हुनु पर्ने उहाका भनाई छन् ।

कार्यक्रममा केन्द्रीय उपमहासचिव प्रेमनारायण अधिकारी, सचिव वेदप्रसाद बेदप्रसाद गर्जुजा, किसान मोर्चा गण्डकी प्रदेश इन्चार्ज रामबहादुर थापा, प्रदेश अध्यक्ष गोवद्र्धन गौली, प्रथम उपाध्यक्ष प्रकाश थापा, नेकपा एमाले सचिव राजेन्द्र डुम्रे लगायतले किसानका हक, अधिकारका बारेमा सबै किसानलाई बुझाउन जरुरी रहेको बताउनुभयो ।
अखिल नेपाल किसान महासंघ स्याङ्जाका अध्यक्ष मुक्तिनारायण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लीलाबहादुर थापाले स्वागत एवं सचिव रुमलाल कडेलले संचालन गर्नुभएको थियो । यसैगरी, कृषिका क्षेत्रमा उल्लेखनीय योगदान पुरयाएको भन्दै फेदिखोला गाउपालिकाका अध्यक्ष घनश्याम सुवेदीलाई सम्मान गरिएको थियो ।