स्याङ्जा २३ असार । वालिङ् नगरपालिका १० का शिरि पंगेनीको उपचारका लागि उनका परिवारले सहयोगको याचना गर्नुभएको छ ।
१८ बर्षिय छोरा शिशिरलाई रक्तक्यान्सर पुष्टी भएको र उपचारका लागि लाखौं रुपैंया लाग्ने भएकाले उहाका बुवा रामु पंगेनीले सहयोगी मनहरुसंग सहयोगको याचना गर्नुभएको हो ।
सामान्य आर्थिक अवस्थाका पंगेनी परिवार छोराको उपचारकालागि खर्च जोहो गर्न नसक्दा चिन्तामा परेको छ । उहाहरुको पेशा भनेको सामान्य खेतीपाती हो।
उच्च शिक्षाका लागि पोखरामा अध्ययरत उनका दाँतबाट लगातार रगत बगेपछि उपचार गराउदा शिशिरलाई क्यान्सर पुष्टि भएको बताइएको छ। हाल उहा सिभिल अस्पताल मिनभवन काठमाण्डौमा हुनुहुन्छ । बिगत एक महिनादेखि उनको उपचार भैरहेको छ।
बोनम्यारो प्रत्यारोपण गर्नु पर्ने चिकित्सकले बताएका छन्। यसका लागि धेरै रकम चाहिदो रहेछ। उपचारका लागि झण्डै ५० लाख सम्मखर्च लाग्ने अनुमान भएपछि उहाका परिवार बिचल्लीमा परेका छन्। पिरोलिएका छन्। कलिलो उमेरका छोरालाई बचाउनका लागि सबैसंगै सहयोगको माग गर्नुभएको हो ।
छोराको उपाचारकालागि आफुसंग भएको र आफन्तहरुसंग ऋण खोजेर १० लाख खर्च भैसकेको आमा सीता पंगेनी भन्नुहुन्छ ।
शिशिरको उपचारको लागिखर्च जुटाउन उनकै नाममा मुक्तिनाथ विकास बैंकमा खाता खोलीएको छ। शिशिर बचाउन अभियान संञ्चालन गरेर थोरै थोरै रकम जम्मा पारेर उहालाई सञ्चो बनाउन वालिङ्बासी लागिपरेका छन्।
लाँउलाँउ र खाँउखाँउ भन्ने उमेर अस्पतालको वेडमा छट्पटाईरहेका युवा शिशिरलाई बचाउनु पर्छ भन्ने अभियानमा उनका परिवार मात्र नभई वालिङ्बासी आर्थिक सहयोग संकलनमा जुटेका छन्।
अभियन्ताहरु भन्छन्, ‘थोपा थोपा मिलाएर सागर बनाउने हाम्रो अभियानलाई साथ दिनुहोस्, युवा शिशिरलाई बचाउनुहोस्।’ इच्छुक सहयोगीदाताले मुक्तिनाथ विकास बैंकको खाता नं ०४८२२३००९०३४२४०००००१ मा आर्थिक सहयोग गर्न सक्ने अयिभानकर्ताहरुले जनाएका छन्। साथै, ९८४०४९६०९७ र ९८५६०५७७२३ नम्बरका मोवाइलमा खबर गर्न सकिने उनीहरुको भनाई छ।
Thursday, December 11
Trending
- छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
- भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
- राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
- रणविर जनहित माविमा संस्कार शिक्षा
- राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
- साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
- चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
- लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
