Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » युरो कप फुटबल : ११ देशका ११ रंगशाला
    खेलकुद

    युरो कप फुटबल : ११ देशका ११ रंगशाला

    Syangja SandeshBy Syangja SandeshJune 10, 2021Updated:July 15, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २७ जेठ । लन्डन : कोरोना भाइरसको महामारीका कारण एक वर्षपछि धकेलिएको युरोकप फुटबल शनिबारबाट सुरु हुँदैछ। शनिबार इटाली र टर्कीबीच स्टाडियो ओलिम्पिकको रंगशालामा हुने खेलसँगै युरो कप सुरु हुँदैछ। सन् १९६० मा फ्रान्सबाट सुरु भएको युरोकपको यो १६औं संस्करण हो। प्रतियोगिता आयोजनाको ६० वर्ष पूरा भएको उपलक्ष्यमा यस पटकको युरोकप विभिन्न ११ राष्ट्रका ११ सहरमा आयोजना हुन लागेको हो।

    यस पटक लन्डन, बाकु, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम, सेन्ट पिटस्बर्ग, बुखारेस्ट, म्युनिख र आम्स्ट्रडममा युरोकपका खेलहरू सञ्चालन हुँदैछ। युरोकपमा कोभिड– १९ का कारण रंगशालामा सीमित दर्शकले मात्र खेल हेर्न पाउनेछन्।

    वेम्बली रंगशला, लन्डन
    लन्डनस्थित वेम्बली रंगशालामा युरोकपका समूह चरणका तीन, अन्तिम १६ का दुई, दुवै सेमिफाइनल र फाइनल गरी कुल आठ खेल सञ्चालन हुनेछ। यस रंगशालामा समूह डीका तीन खेल हुनेछन्। सन् २००७ मा स्थापना भएको वेम्बली रंगशालाको दर्शक क्षमता ९० हजार रहेको छ। 

    स्टाडियो ओलिम्पिकको रंगशाला, रोम
    रोमस्थित स्टाडियो रंगशालामा युरोकपको इटाली र टर्कीबीचको उद्घाटन खेल हुनेछ। यस्तै यही रंगशालामा समूह चरणअन्तर्गत समूह एका अन्य दुई खेल र एक क्वार्टरफाइनल गरी चार खेल सञ्चालन हुनेछ र सन् १९५३ मा स्थापना भएको स्टाडियोको दर्शक क्षमता ७३ हजार रहेको छ।

    एलिनाज एरेना, म्युनिख
    जर्मनीको म्युनिखस्थित एलिनाज एरेनामा युरोकपअन्तर्गत समूह चरणका तीन र एक क्वार्टरफाइनल गरी कुल चार खेल आयोजना हुँदैछ। यस रंगशालामा समूह एफका तीन खेल हुनेछन्। सन् २००५ मा स्थापना भएको एलिनाज ऐरेना रंगशालाको दर्शक क्षमता ७५ हजार रहेको छ।

    बाकु ओलम्पिक स्टेडियम, बाकु
    बाकुस्थित बाकु ओलम्पिक स्टेडियमा समूह एका तीन र एक क्वार्टरफाइनलको खेल गरी  युरोकपका चार खेल आयोजना हुँदैछ। सन् २०१५ मा स्थापना भएको यस रंगशालाको दर्शक क्षमता ६५ हजार रहेको छ।

    सेन्ट पिट्र्सबर्ग रंगशाला, सेन्ट पिट्सबर्ग
    ५६ हजार दर्शक क्षमता रहेको सेन्ट पिट्सबर्ग रंगशालामा युरोकपका समूह चरणमा दुई समूहका तीन÷तीन र एक क्वार्टरफाइनल गरी सात खेल आयोजना हुनेछ। यो रंगशालामा समूह बी र समूह ईका समान तीन खेल हुनेछन्। यो रंगशाला सन् २०१७ मा स्थापना भएको हो।

    पुस्कास रंगशाला, बुडापेस्ट
    बुडापेस्टस्थित पुस्कास रंगशालामा युरोकपका समूह एफका तीन र अन्तिम १६ को एक गरी चार खेल आयोजना हुँदैछ। सन् २०१९ मा स्थापना भएको यस रंगशालाको दर्शक क्षमता ६८ हजार रहेको छ।

    एरेना नेस्नोला, बुखारेस्ट
    बुखारेस्टस्थित एरेना नेस्नोलामा समूह सीका तीन र अन्तिम १६ को एक गरी चार खेल आयोजना हुँदैछ। सन् २०११ मा सञ्चालनमा आएको यस रंगशालाको दर्शक क्षमता ५६ हजार रहेको छ। 

    योहान क्रुफ एरेना, आम्स्ट्रडम
    ५४ हजार दर्शक क्षमता रहेको आम्स्ट्रडमस्थित योहान क्रुफ रंगशालामा युरो कपका समूह सीका तीन र अन्तिम १६ को एक खेल आयोजना हँुदैछ। यो रंगशाला सन् १९९६ मा स्थापना भएको थियो।

    ओलम्पिक स्टेडिम, सेभिल
    स्पेनको सेभिलस्थित ओलम्पिक स्टेडियमले युरोकपका समूह ईका तीन र अन्तिम १६ को एक गरी चार खेलको आयोजना गर्दैछ। ६० हजार दर्शक क्षमता भएको यस रंगशाला सन् १९९९ मा स्थापना भएको होे।

    हाम्पाडेनपार्क, ग्लोस्गो
    ५२ हजार दर्शक क्षमता रहेको ग्लोस्गोस्थित हाम्पाडेन पार्कमा युरोकपका समूह डीका तीन र अन्तिम १६ को एक गरी चार खेल आयोजना हुँदैछ। यो रंगशाला सन् १९०३ मा स्थापना भएको हो।

    पारकेन, कोपेनहेगन
    ३८ हजार दर्शक क्षमता भएको कोपेनहेगनस्थित पारकेन रंगशाला युरोकप आयोजना हुने सबैभन्दा सानो रंगशाला हो। यस रंगशालामा युरोकपको समूह बीका तीन र अन्तिम १६ कोे एक खेल गरी चार खेल आयोजना हुँदैछ। यो रंगशाला सन् १९९२ मा स्थापना भएको हो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    November 25, 2025

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई

    November 15, 2025

    बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई

    October 20, 2025

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.